२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले स्वास्थ्य सामग्री सहयोग गरेपछी गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण तथा भारतबाट फर्किने नागरिकहरूको व्यवस्थापनमा सहजता भएको छ । “कोभिड–१९ विरूद्ध द्रुत प्रतिक्रिया र पूर्वतयारी निम्ति आइसोलेशन केन्द्र र सीमानाकाको सवलीकरणमार्फत प्रभावकारी केश व्यवस्थापन“ईको आईओएम परियोजना अन्तर्गत फागुन ८ गते भीमदत्त नगरपालिका र गड्डाचौकी हेल्थ डेस्कमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
यो परियोजना युरोपेली आयोग डी.जी. इको–को आर्थिक सहयोग, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को कार्यान्वयन तथा सेव द चिल्ड्रेनको साझेदारीमा एनएनएसडब्ल्यूए–द्वारा संचालन भइरहेको छ । परियोजना अन्तर्गत पीपीए सेट, आईआर थ्रमोमिटर, क्लोरिन सोलुशन, बायोहेजार्ड ब्याग, निडल डिस्ट्रोएर, डस्ट बिन, डिसइन्फेक्सन मेसिन र सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।
गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज तर्क राज भट्टले स्वस्थ्य सामग्री पाएपछि काम गर्न सहज भएको बताए । “हामी अग्रपंक्तिमा काम गरिरहेका छौँ, भारतबाट कोरोनाको जोखिम पनि उच्च रहने भएकोले एक खालको त्रास हुने गर्थ्यो।“ उनले भने, “पीपीए सेट, सेनिटाइज लगायतका स्वास्थ्य सामग्री पाएपछि अहिले ढुक्कसँग काम गरिरहेका छौँ ।“
यद्यपि अहिले कोरोनाको संक्रमण दरमा कमि आएको उनले बताए । अहिले भारतबाट दैनिक औसतमा २ सय नागरिक आउने गरेकोमा १÷२ जना मात्र संक्रमित आउने गरेको उनले जानकारी दिए ।
एनएनएसडब्ल्यूए–का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले यो परियोजनाले भारतसँग प्रत्यक्ष सीमा जोडिएका प्रदेश १, २, लुम्बिनि प्रदेश र सुदूरपश्चिम प्रदेशका सीमानाका र आइसोलेशनमा काम गरिरहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशको हकमा भने भीमदत्त नगरपालिका, गड्डाचौकी नाका, पुनर्वास नगरपालिका, र गौरीफन्टा नकामा परियोजना केन्द्रित छ। उहाँले भन्नुभयो, “परियोजना अन्तर्गत हामीले भीमदत्त नगरपालिका, गड्डाचौकी नाका, पुनर्वास नगरपालिका, र गौरीफन्टा नकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेका छौँ, अब दुबै नाकामा हेण्डवास, शौचालय, स्तनपान केन्द्र र कोरोनासम्बन्धी जनचेतनाका लागि एलइडी डिस्प्ले बोर्ड बन्नेछ भने वाईफाई (ईन्टरनेट) को सुविधा पनि रखिने छ, जस्का लागि सर्वेको काम सकिएको छ, छिटै निर्माण कार्य सुरू हुन्छ।“
परियोजनाको मुख्य उद्देश्य कोभिड–१९ को सन्दर्भमा आइसोलेशन र सीमानाकाको सुधारिएको क्षमताद्वारा ९ लाख २२ हजार ४१९ आप्रवासीहरूको नियमित यात्रालाई सहज र सुरक्षित बनाउनु रहेको छ ।
तस्विरः सुरेन्द्र जैरु
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी