२०८१ मंसिर १४, शुक्रबार
महेन्द्रनगर । कञ्चनपुर र कैलालीका सामुदायिक वनको छानबिन थालिएको छ । वैज्ञानिक वन व्यवस्थापन लागुभएका कञ्चनपुर–कैलालीका सामुदायिक वनहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुदूरपश्चिममा दुई टोली परिचालन गरेर छानबिन थालेको हो ।
सोमबार कञ्चनपुर र कैलाली पुगेका अनुसन्धान अधिकृत सहित २–२ जनाको टोलीले मंगलबार विहानैदेखि स्थलगत छानविन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सुचना अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिएका छन् ।
वैज्ञानिक वन व्यवस्थापन लागुभएका सामुदायिक वनमा चरम आर्थिक अनियमितता भएको, आदेश विपरीत रुख कटान भएको भन्ने आयोगको प्रधान कार्यालय टंगालमा परेको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको हो ।
गत वर्ष मात्रै वैज्ञानिक वन व्यवस्थापन लागू भएका कञ्चनपुर र कैलाली जिल्लाका सामुदायिक वनमा व्यापक आर्थिक अनियमितता भएको संघीय संसदीय उपसमितिको प्रारम्भिक अध्ययनले पनि देखाएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी