२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरमा मोवाईल चोर्नेको विगविगी बढदै गएको छ । एकछिन फोन गर्नुछ, भन्दै मोवाईल माग्ने र चोरेर लैजाने घटना बढदै गईरहेको छ । मंगलवार दिउँसो १२ बजे महेन्द्रनगरको गल्ली नम्वर ५ मा पनि त्यस्तै घटना घटेको छ ।
बेलौरीमा बस्ने हाल भीमदत्त नगरपालिका १८ जानकी टोलमा अध्ययनको सिलसिलामा डेरामा बस्ने विधार्थी लक्ष्मी चौधरीको मोवाईल फोन चोरी भएको छ । बिधालयको पोशाक सिलाउन ५ नम्वर गल्लीमा जाँदै गर्दा फोन गर्नुछ ईमेरजेन्सी छ भन्दै अपरिचित न्यक्तिले भन्यो, म पनि तिम्रो बिधालयमा अध्ययन गर्ने विधार्थी हा,े एक पटक लेखा अधिकृत सरलाई फोन गर्नुछ, फोन दिनुहोस त भन्यो, अब मैले पनि होला भन्दै फोन दिए उसले केही बेर नजिकै बसेर कुरा गय्रो फोन फिर्ता दियो, फेरी फोन आयो हातबाट खोसेर लग्यो उनले भनिन्
यता, जिल्ला प्रहरी कार्यालयले पहिला पनि यस्ता घटनाहरु भईसकेको जनाएको छ । बजारमा रहेका केही व्यक्तिहरु यो अपराधमा सक्रिय भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लालबहादुर बमले बताएका छन् । यस्तो अवस्थामा आम सर्वसाधरणहरुले सचेत हुन जरुरी देखिएको र कुनैपनि अपरचित व्यक्तीले फोन मागेमा नदिन उनले अनुरोध गरेका छन् ।
सिसिटिभी फुटेजको आधारमा उक्त व्यक्तिको खोजी भई रहेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी