२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको जिल्ला समन्वय समितिको समन्वय अधिकारी खेमप्रसाद चौधरीलाई पदाधिकारीले आधा घण्टा कार्यकक्षमै थुनेका छन् । सेवा सुविधा रोकेको भन्दै पदाधिकारीले समन्वय अधिकारी चौधरीलाई कार्यकक्षमै थुनेका हुन् । पदाधिकारीहरुलाई दुव्र्यवहार तथा मनोमानी तवरले कार्य गरेको भन्दै उनिहरुले थुनेका हुन् ।
हाजिरी रजिष्टरको विषयमा आज विवाद भएको र प्रत्येक महिनाको २ पटक वैठक बस्नुपर्ने भएपनि विगत ४ महिना देखी वैठक नबसेको विषयमा विवाद भएको हो । अहिले प्रहरीले समन्वय अधिकारीको कार्यकक्षमा लगाइएको ताला तोडेको छ । समन्वय समितीका प्रमुख र समन्वय अधिकारीबिच राम्रो सम्बन्ध नरहेको एक पदाधिकारीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी