२०८१ चैत्र २७, बुधबार १९ : ४८ : २४
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। बिहिवारको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्नेछन्।
टोली नेताले प्रतिवेदनमा उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले आजै जवाफ दिने कार्यक्रम रहेको नेता गंगालाल तुलाधरले जानकारी दिए।
हिजोको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि प्रदेश समूह, उपत्यका विशेष र सम्पर्क समन्वय तथा केन्द्रीय विभाग र मोर्चा संगठनको गरी नौ वटा समूह विभाजन गरेर छलफल भएको थियो। अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसिसी पास नगरेको भए पार्टीको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरेका छन्। काठमाडौंको बबरमहलस्थित एक ब्यांक्वेटमा जारी बैठक आजै सक्ने तयारी छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय