२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । भारतीय नागरिक सवार हेलिकप्टर बझाङ पुगेको प्रशासनलाई थाहा नै नभएकोपार्यएको छ । बिहिवार थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको हो ।
कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो । स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका नागरिकले सेती नदी अवलोकन गरेर फर्केका छन् ।
थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले हेलिकप्टर आउने जानकारी नै नभएको बताए । हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेर सुन्नमा आएको उनले बताए । त्यसपछि हामीले प्रहरीलाई खबर गरेका थियौँ, प्रहरी पुग्नुअघि नै उनीहरु उडे ।’
हेलिकप्टरमा चालक सहित पाँच जना भारतीयमूलका नागरिक रहेको उनले बताए । ‘हिन्दी बोलिरहेका थिए । साथमा नक्सा पनि बोकेका थिए,’ वडाध्यक्ष जोशीले भने, ‘उनीहरु करिब आधा घण्टा बसेपछि गए ।’
हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनबिज्ञ छ । हेलिकोप्टरको विषयमा सोधीखोजी भइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्याल बताउँछन् ।
‘हेलिकप्टरमा को, किन आए भनेर खुलेको छैन । हामीलाई कुनै पूर्व जानकारी पनि थिएन,’ उनले भने, ‘यस बारेमा हामी बुझ्दै छौँ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी