२०८१ मंसिर १४, शुक्रबार
महेन्द्रनगर:
भारतीय राज्य पञ्जाबको विधानसभा चुनावमा आम आदमी पार्टी आपले चामत्कारिक जित हासिल गरेको छ । पार्टी निर्माण भएको १० वर्षमा दिल्लीपछि पञ्जाबमा आपको सरकार बन्ने भएको हो । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० आफ्नो वर्चस्व कायमै राख्न सफल भएको छ । पञ्जाबमा ११७ सदस्यीय विधानसभामा आपले दुई तिहाइभन्दा बढी ९२ सिट जितेको छ । सत्तारूढ कंग्रेस १८ सिटमा खुम्चिएको छ । आपका भगवन्तसिंह मान मुख्यमन्त्री बन्दै छन् । पञ्जाबमा दिग्गज मानिएका नेताहरू वर्तमान मुख्यमन्त्री चरणजित सिंह चन्नी, पूर्वमुख्यमन्त्री अमरिन्दर सिंह, नवजोत सिंह सिद्धु, प्रकाशसिंह बादलजस्ता नेता आपका उम्मेदवारसँग पराजित भएका छन् । भाजपाले २, शिरोमणि अकाली दलले ४ र अन्यले १ सिट हात पारेका छन् । दिल्लीवासीले मुख्यमन्त्री एवं आपका संयोजक अरविन्द केजरीवालको नेतृत्वमाथि देखाएको भरोसालाई नै पञ्जाब जितको महत्त्वपूर्ण कारण मानिएको छ । दिल्लीका जनताले सन् २०१३ यताका तीनवटै निर्वाचनमा केजरीवाललाई साथ दिएका छन् । केजरीवालले पञ्जाबका जनतासँग पनि एक मौका दिन अनुरोध गर्दै मत मागेका थिए । चुनावी अभियानमा धेरै समय पञ्जाबलाई दिएका केजरीवालले भ्रष्टाचार शून्यमा झार्ने र त्यही पैसा पञ्जाबको विकास र आममानिसलाई राहत दिन प्रयोग गर्ने बताएका थिए । उनले राम्रो सरकारी विद्यालय र अस्पताल बनाउने, निःशुल्क बिजुली र पानी उपलब्ध गराउने, १८ वर्षमाथिका हरेक महिलालाई प्रतिमहिना एक हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी