२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:
भारतीय सिमा क्षेत्र कञ्चनपुर जोड्ने डोकेबजारमा भारतिय पक्षले ‘सिमा रेखा पूजन’ गरेका छन् । भारतको उत्तरप्रदेश पलिया कला खिरीका स्थानीय सहित भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मी ब्यानरसहित नेपाल–भारत पिल्लर ७५३÷१७१ नम्बरमा पुगेर ‘सिमा रेखा पूजन’ गरेका हुन् ।
ब्यानरसहित उभिएका सुरक्षाकर्मी, पलियाकलाका नागरिकहरुको उपस्थितिमा सोही पिल्लरमा फूलमाला चडाई, नरिवल फोडी, टीकाटालो लगाई भव्यताका साथ पुजा गरिएको थियो । पुजापश्चात त्यहाँ उपस्थित सोही नागरिकलाई प्रसाद ग्रहण गराइयो थियो ।
भारतीय विद्यार्थी, नागरिकसहित सो पिल्लरमा पुगेका उनीहरुले पुजापाठ गरि फर्केका थिए । सिमा सुरक्षा वलका कमाण्डर मुन्ना सिंहले भने –‘हामीले हरेक वर्ष एक दिन सिमाको मुख्य पिल्लरमा पुजापाठ गर्दै आईरहेका छौं ।’ उनका अनुसार सिमा क्षेत्र नजिक रहेका हरेक नागरिकलाई आफनो भुमीबारे जानकारी दिन सो पुजन पुजा गरिदै आएको छ ।
त्रिनगर नाका दशगाजा क्षेत्र हो । भारत तथा नेपालले कुनै पनि पूर्वाधार निर्माण गर्न नपाउने सो क्षेत्रमा भारतीयहरुको ज्यादति बढ्दै गएको नेपालीहरुको दाबी रहेको छ । ‘नेपालीहरुले ठेला गाडा राखेर व्यापार गर्दा भारतीय पक्षहरु हटाउने गर्छन । तर, भारतीयहरुले केही गर्दा समेत नेपाली सुरक्षा वल मौन बस्छन । बिहिबार भारतीय पक्षले पिल्लरको पुजन गर्दै गर्दा नेपाली सुरक्षाकर्मीहरु भने मौन बसेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी