२०८१ मंसिर १८, मंगलबार
महेन्द्रनगर । कञ्चनपुर र कैलालीमा रेल संचालनको लागि दुवै जिल्लाका पालिकाहरूसँग रेलमार्गबारे छलफल गरिएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागबाट खटिएको अध्ययन टोलीले कञ्चनपुर र कैलालीका पालिकाहरूसँग रेलमार्गबारे छलफल गरेको हो ।
टोलीले मेची–महाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुख्खडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९० किलोमिटर लामो रेलमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनका सिलसिलामा दुवै जिल्लाका सम्बन्धित पालिकाहरूसँग छलफल गरेको छ ।
कैलालीका घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, शुक्लाफाँटा, वेदकोट र भीमदत्त नगरपालिकाको भूभागमा रेलमार्गका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरिरहेकोले ती पालिकाहरुसँग छलफल गरिएको अध्ययन टोलीका सदस्य एवं वातावरण विद् रिकेश चित्रकारले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी