२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:कंचनपुर नेपालकै चर्चित र्यापर अराज केशव गिरीले सुदुर पश्चिमको महान तथा रङ्गीलो पर्व फागु पुर्णिमाको अवसरमा दर्शकहरु माझ नौलो प्रस्तुती ल्याएका छन । सुदुर पश्चिमको कलाकारीतामा आफ्नो लोकपृयता कायम गर्न सफल लाल बहादुर धामी “अछामी बड्डो” र नेपालकै चर्चित र्यापर अराज केशवले दर्शकहरु लाई नयाँ किसिमको प्रस्तुती पस्कने क्रममा देउडा गीत ल्याएर आएका हुन । युवा तथा सङ्गीत प्रेमी दर्शकहरुले आज भोली नेपाली गीत सङ्गीतलाइ सोचे भन्दा बढी मन पराइरहेका छन । पछिल्लो समय नेपाली गीत सङ्गीतले विश्वमै बढी रेकर्ड समेत राखिसकेका छन ।
को हुन अराज केशव ?
नेपालको सङ्गीत क्षेत्रमा सुदुर पश्चिम क्षेत्रलाई नेतृत्व गर्ने तथा आफ्नो देश तथा आफू जन्मेको जन्म भुमीलाइ “गिनिज बुक अफ रेकर्ड ” मा लेखाउदै नेपाली चलचित्र , र्याप गीत, सङ्गीत , मोडलिङ्ग लगायत म्युजिक भिडियोको क्षेत्रमा नेपालकै स्थापित कलाकारहरुलाइ निर्देशन गरी सफल समेत बनाइ सकेका छन । नेपालको हरेक कलाकारले उहाँको आफू प्रतिको योगदान सम्झिने समेत गरेको पाइन्छ । पछिल्लो दुई दशक देखि सङ्गीत क्षेत्रमा आफ्नो सफलताको झण्डा गाडदै हिडेका अराज केशव सुदुर पश्चिमको बैतडी जिल्लामा जन्मेका हुन । उनले आफ्नो सङ्गीत क्षेत्रबाट समाजमा सकारात्मक सोच समेत प्रदान गर्ने गर्दछन । नेपाली समाजमा कुशल समाज सेवक रुपमा समेत चिनिने अराज केशव पछिल्लो समय सुदुर पश्चिमलाई गीत सङ्गीतको क्षेत्रमा नमुनाको रुपमा अगाडि बढाउने उदेश्य सहित अहिले सुदुर पश्चिम कै कंचनपुरमा बसी स्थानिय तथा राष्ट्रिय कलाकारहरु उत्पादनका साथै म्युजिक भिडियोहरु बाट दर्शकहरु माझ छाइरहेका छन ।
लालबहादुर धामी “अछामी बड्डो” विगतको एक दशकबाट गीत सङ्गीत तथा कलाकारीता क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल लालबहादुर धामी लाई अछामी बड्डोको नामले सङ्गीत तथा कलाकारीता रुचाउनेले नचिन्ने त कुरै भएन , सुदुर पश्चिममा आफ्नो आवाजबाट आफुलाइ अब्बल साबित गर्न सफल लालबहादुर सुदुर पश्चिमको अछामबाट आइ अधिराज्य भरी नै आफुलाइ स्थापित गर्न सफल भएका हुन । सुदुर पश्चिम क्षेत्रमा सबै उमेर समुहको मनको ढुक ढुकी बन्न सफल लालबहादुर धामी पछिल्लो समय अछामी बड्डोको नामले धेरै नै लोकप्रिय समेत छन । सयौ म्युजिक भिडियोहरु लगायत सुदुर पश्चिमी लोकप्रिय देउडाहरु लगातार रुपमा दर्शकहरु माझ पस्कदै आएका अछामी बड्डोलाई सबै उमेर समुहका मानिसहरुले उत्तिकै मन पराउने गरेको पाइन्छ । सङ्गीत क्षेत्रको सुरुवात पहिले नै गरिसकेका लालबहादुर धामीले कंचनपुरमा महाकाली एफ.एम. बाट “भेटघाट ” कार्यक्रम समेत संचालन गरेका थिए , जुन उहाँको सङ्गीत यात्रालाइ दर्शक माझ लोकप्रिय बनाउने शुत्र समेत बन्यो । आफू सङ्गीत तथा कलाकारीता क्षेत्रमा जति अगाडि बढे पनि रेडियोले आफुलाइ दर्शकहरु सङ्ग जोडिरहने हुदा कंचनपुर एफ.एम. मा “भुटन-भाटन ” कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिरहेका छन । भुटन-भाटनलाई सुदुर पश्चिम क्षेत्रमै निकै नै लोकप्रिय रेडियो कार्यक्रमको रुपमा समेत सुन्ने गरिन्छ ।
“प्यारी मैना” लाल बहादुर धामी र सुनिता बुढा क्षेत्री को आवाज रहेको उक्त गित मा नरेन्द्रराज रेग्मीको शब्द /सङ्गीत ,एरेन्ज बिनोद बाजुरेली र निर्देशन अराज केशव रहेको उक्त गीतमा अराज केशव,लाल बहादुर धामी (अछामी बड्डो) र मनिशा बोहरा लगायतले अभिनय गरेका छन । उक्त गीतको लय देउडामा रहेको हुदा देउडा प्रेमीहरुले यो गीतलाई सार्है नै रुचाउने समेत अनुमान गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी