२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
कञ्चनपुरको बेलडाँडीमा माओवादी केन्द्र प्रवेस गर्ने जनता ओईरिएका छन । शनिबार माओवादी केन्द्र बेलडाँडीको पाटी कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा दर्जनौँले प्रवेस गरेका छन । एमाले, काँग्रेस, विप्लव, जनमोर्चा परित्याग गरेर माओवादी प्रवेस गर्नेहरुको ओईरो लागेको माओवादी केन्द्र बेलडाँडीका सचिव चेत बहादुर शाहले बताए । माओवादी प्रवेस गनेहरु एमालेबाट खडक थापा, बलदेव पन्त, सुरेन्द्र विष्ट, मिन दमाई, दिल ब. सुनार, कलावती रावल, पप्पु सुनार, सरस्वती टमाटा, दिल ब. टमाटा, चक्र सुनार, हेमा कोली, कलावती रावल, काँग्रेसबाट भुपेन्द्र बहादुर सिह, मदन राना, जनमोर्चाबाट हरिना सुनार रहेका छन । माओवादी केन्द्रमा दमाई एकता समाज सिङ्गो प्रवेस गरेको छ । दमाई एकता समाजका अध्यक्ष गुलाब आउजी नेतृत्वमा निसा आउजी, दिपा आउजी, तुलसी आउजी, तारादेवी दमाई जया नेपालीले प्रवेस गरेका छन । दमाई एकता समाजका अध्यक्ष गुलाब आउजीले अन्य पार्टीले दलित दोहन गर्ने माओवादीले नीतिगत व्यवहारिक दलित समुदायको भलो गरेको भन्दै प्रवेस गरेको बताए । माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज खगराज भट्ट, खानेपानीमन्त्री समेत रहेकी माओवादी नेतृ बिना मगरले प्रवेसहरुलाई स्वागत गर्दै बेलडाँडीमा माओवादी केन्द्रको लालकिल्ला बनाउन आब्हान गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी