२०८१ मंसिर ९, आईतबार
कंचनपुर: दोधारा चादनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको विशाल आमसभाको आयोजना गरिएको छ । आमसभामा देशकै राजनितिक केन्द्र विन्दुको रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन , पार्टीका केन्द्रिय प्रवक्ता तथा भष्ट्राचार विरोधी ज्ञानेन्द्र शाही , नेपालगन्ज बाट उदाउदै केन्द्रिय राजनितिमा आफ्नो छवि छोडन सफल धवल शमशेर राणा ,पुर्वमन्त्री कुन्ती शाही लगायत दोधारा चादनीका स्थानिय जनताहरुको घुइचो रहेको थियो ।
कंचनपुर जिल्लामै रहेको नगरपालिकामा प्रवेश गर्दा समेत भारतिय भुमीको प्रयोग गर्नु पर्ने जस्ता बाध्यता दोधारा चादनी नगरबासीहरुको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आम सभालाई सम्बोधन गर्दै भारतिय सुरक्षाकर्मीहरु हाम्रो सीमानाहरुमा बस्दा ए.के. ४७ बोकि बस्ने हाम्रो देशका सुरक्षाकर्मी भने लट्ठीको भरमा बस्ने हाम्रो पार्टी त्यसको घोर विरोध गर्दै तुरुन्तै सीमामा खटिएका सुरक्षामा खटिएका सुरक्षाकर्मी लाई ए.के.४७ दिनुपर्दछ भनी भने सम्बोधनकै क्रममा पुर्व मन्त्री कुन्ती शाहीले निर्मला हत्याकाण्डमा अहिले सम्म सरकारमा बस्नेले कुनै चासो नदेखाएको र रा प्र पा ले यस्ता महिला हिंसाका सम्पुर्ण घटनामा घोर विरोध गरेकि थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी