२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एव समाजसेवी पिताम्बर जोशीले बेलडाँडीका एक विपन्न किरियापुत्री परिवारलाई खाद्यान्न सहयोग गरेका छन ।
बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री कर्ण बहादुर ऐरीको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन ।
शिवनगर स्थित अमृत डिष्टिलरीका संचालक समेत रहेका वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एव समाजसेवी जोशीले छोरा गुमाएका विपन्न ऐरी परिवारलाई खाद्यान्न सहयोग गरेका हुन ।
बुधबार बरिष्ठ उपाध्यक्ष जोशीका प्रतिनिधीले क्रिरियापुत्री ऐरीको घरमा खाद्यान्न पु¥याएका थिए । बरिष्ठ उपाध्यक्ष जोशीले ऐरी परिवारलाई चामल, दाल , नुन तेल खाद्यान्न सहयोग गरेका हुन ।
छोराको उपचारका लागि जमिन नै बेचेर नेपाल–भारतका ठुलठुला अस्पतालमा उपचार गराउँदा गराउँदै आर्थिक संकटमा परेका ऐरी परिवारको दयनिय अवस्थाबारे जानकारी पाए लगत्तै वरिष्ठ उपाध्यक्ष जोशीले आफ्नो तर्फबाट आधारभूत आवश्यकताका खाद्यान्न सहयोग गरेका हुन ।
‘हामीले समाजमा रहेका दिनदुखी संकटमा परेका व्यक्तिलाई समेत सक्दो सहयोग गर्नुपर्ने अभिप्रायले ऐरी परिवारलाई केही खाद्यान्न सहयोग गरेको छु, ‘उनले भने, ‘यो हाम्रो कर्तव्य पनि हो ।’ यस अघि पनि जोशीले भुकम्प, कोरोरा, हात्ती, वाढि लगायतका विभिन्न पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा, औषधी एव स्वास्थ्य सुरक्षा समाग्री सहयोग गर्दै आएका थिए । वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एव समाजसेवीले परिवारमा ब्रजपात भएका बेला मानिसको आधारभूत आवश्यकता पुरा गर्नका लागि खाद्यान्न सहयोग गरेको भन्दै ऐरी परिवारले दाता जोशीप्रति आभार प्रकट गरेका छन । उपचारकै लागि दैनिक गुजारा चलाउने जमिन बिक्रि गर्दा समेत न छोरा बाँच्यो, न जमिन रह्यो भन्दै झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारमा संन्नटा छाएको छ । कर्ण बहादुर ऐरीका जेष्ठ पुत्र दिपेन्द्रको गत फागुन २९ मा निधन भएको थियो । महासंकटमा काँग्र्रेस, एमाले, माओवादीका नेता कार्यकर्ता एव क्षेत्रकै संसद बिना मगर समेतले पीडित परिवार भेटेपनि नजिकको स्थानीय सरकारले ऐरी परिवारतिर ध्यान नदिएको स्थानीयको भनाई छ । उक्त क्षेत्रका प्रदेश ससद एव समाजवादीका नेता कुलबिर चौधरी सहित जनताको सुखदुखको स्थानीय सरकारले आफ्ना नागरिकका पीडा नबुझेको कतिपयले अथ्र्याएका छन ।
परिवारमा ब्रजपात भएका बेला प्रत्यक्ष अप्रत्यक्ष भौतिक, आर्थिक नैतिक साथ सर्मथन दिने सहयोगीप्रति शोकाकुल परिवारले आभार प्रकट गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी