२०८२ बैशाख ११, बिहिबार ५ : २७ : ०२
ब्रह्मदेव कन्चनपुर सिद्धनाथ मन्दिर ब्रह्मदेवमा आज बाट मेला शुरु भएको छ । आज विधिवत रुपले भिमदत्त नगरपालिका वडा न. ०९ का वडा अध्यक्ष राम नाथले रिबन काटी मेलाको उदघाटन गरेका छन ।
फागु पुर्णीमा पश्चात् भारतको उत्तराखण्ड स्थित चम्पावत जिल्ला रहेको पुर्णागिरी माताको दर्शन गरिसकेपछी सिद्धनाथ मन्दिरमा पुगी बाबा सिद्धनाथको दर्शन गरिसके पश्चात् मात्र मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको हुदा नेपाल तथा भारत लगायतका हिन्दु धर्मावलम्बीहरुको सिद्धनाथ मन्दिरमा निकै आस्था रहेको पाइन्छ ।
करिब ९० दिन सम्म लाग्ने उक्त मेलाले ब्रह्मदेवमा रहेको बजारमा समेत ग्राहकहरु बढने हुदा स्थानियहरुले अरु बेला भन्दा यो समय बजारमा बढी लगानी र समय दिने गरेको पाइन्छ ।
मेलामा मन्दिर दर्शन गर्न आउने दर्शानार्थीहरुमा आफुहरुले सके सम्म दर्शन गर्न सहज हुने अनुसार मन्दिर कमिटी लागीपरेको र मेलामा दर्शन गर्न आउने दर्शानार्थीहरु लाई कुनै किसिमको कमि नहुने तयारी रहेको बताउनु हुन्छ , सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण महता ।मेलामा आउने दर्शानार्थीहरुलाइ खानेपानी , नुहाउनको लागी धारा जडित स्नानगृह , सौचालय , बिश्रामको लागी धर्मशाला लगायतका सुविधाहरुमा मन्दिर व्यवस्थापन समितीले जोड दिएको छ । निशुल्क रुपमा सम्पुर्ण सुविधाहरु पाउँदा दर्शानार्थीहरु समेत खुशी भएर जाने गरेको देखिन्छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय