२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
कञ्चनपुरको बेलौरीमा जग्गा नक्साङकन शुरु भएको छ । बेलौरी नगरपालिकाले बिहीबारदेखि जमिन नक्साङकन शुरु गरेको हो । बेलौरी नगरका प्रवक्ता बिनोद नेपालीले बेलौरीमा जग्गा नापजाँच शुरु भएको बताए । उनले ४नम्बर वडादेखि शुरु भएर सबै वडाहरुमा नापजाँच गरिने बताए । ‘अहिले हामीले शुरुवात गरेका छौँ, ‘उनले भने, ‘यथाशिघ्र सबै वडाहरुमा सम्पन्न गरेर लालपुर्जा वितरण कार्य अघि बढाउँछौँ ।’
राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका लागि जमिन दिने कार्यक्रम अन्र्तरगत बेलौरी नगरपालिमा जमिन नक्साङकन शुरु भएको छ ।
बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले ४नम्बर वडाबाट जमिन नापजाँचको उद्घाटन गर्दै नगरका भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने घोषणा गरे । यस अघि बेलौरीमा भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका लागि नामावली संकलन, निस्सा वितरण कार्य सम्पन्न गरेको थियो । जमिन नापजाँच शुरुवातसंगै स्थानीय हर्षित भएका छन । बेलौरी नगरपालिका ४का वडाध्यक्ष अर्जुन ढकालले आफ्नो वडाबाट जमिन नापजाँच शुरुवात भएको भन्दै बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी