२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
राष्ट्रिय जनमोर्चाले कञ्चनपुरको बेलौरीमा चुनाव भेला गरेको छ । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम कार्कीले जनमोर्चाले समेत आगामी स्थानीय तहको चुनावलाई मध्य नजर गर्दै बेलौरीमा चुनावी सभा गरेको बताए । जिल्ला अध्यक्ष कार्कीले स्थानीय निर्वाचन, वर्तमान राजनीतिक परिवेसमा प्रशिक्षण गरेका थिए ।
चुनावी भेलामा जनमोर्चा सुप प्रदेशका सचिव राजाराम चौधरी, जिल्ला अध्यक्ष राम ब. कार्की, बुद्धिजिवी संका केन्द्रीय सदस्य तारामणी जोशीले संघीयताले भ्रष्टाचार मौलाएको भन्दै खारेजीको विकल्प नभएको बताएका थिए । भेलाबाट रङ बहादुर चौधरीको संयोजत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति, रमा नेपालीको संयोजकतत्वमा ९सदस्यीय आर्थिक समिति र गिता नेपालीको संयोजकत्वमा प्रचार प्रचार प्रसार समिति गठन गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी