२०८१ मंसिर ८, शनिबार
२०७८ साउन २०, महेन्द्रनगर ।
आर्थिक अभावका कारण कञ्चनपुरको कृष्णपुर नगरकी एक बालिका मृत्युको मुखमा पुगेकी छिन । कृष्णपुर नगरपालिका १वण्डकी ९ बर्षिया बालिका मनिसा भण्डारी मृत्युको मुखमा पुगेकी हुन । गत आइतबार बिहान आगोमा परेर घाईते भएकी मनिसाको घर परिवारको आर्थिक अवस्था नाजुक छ । घरमै मकै पोल्ने क्रममा आगोमा परेकी मनिसा अहिले उपचारको पखाई नभए मृत्युको पखाईएमा छिन । घरयासी आर्थिक अवस्था निकै नाजुक कमजोर, दुवै आमाबाबु अशक्त छन । घरसायी आर्थिक अभावका कारण एक कोपिला गुम्ने चिन्ता व्यक्त गरिएको छ । आगोमा परेर घाईते भएकी मनिसालाई घर परिवार आफन्तले नजिकै गाँउकै स्थानीय अस्पतालमा उपचारका लागि गरेको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनको थप उपचारका लागि स्थानीय अस्पतालले कोहलपुर मेडिकल कलेजमा रिर्फर गरेपनि उनको उपचारका लागि आर्थिक अभाव हुँदा घरमै राखिएको छ । घाईते बालिकाका ठुलबाबु पुष्कर भण्डारीले आर्थिक अभाव मात्र नभई घर परिवारको अवस्था नाजुक भएकाले थप उपचारका लागि अस्पताल लैजान नसकेर घरमै राखिएको बताए । ‘घरमा दैनिक हातमुख जोर्न धौउ धौउ छ, ‘उनले भने, ‘बालिकाका आमाबाबुको अवस्था पनि उस्तैछ, कहि कतैबाट सहयोग छैन ।’ बाल अधिकारका क्षेत्रका विभिन्न संघ सं्रस्थाले ठूलो फजुल खर्च गरेपनि विपन्न गरिब समुदायका बालबालिकाले पैशा अभावका कारण मृत्युको मुखमा पुग्नुपर्ने बिडम्बना छ ।’ स्थानीय कालिमा विद्यालय कक्षा ४मा अध्ययनरत बालिका मनिसाको समयमै उपचार नपाएपछि बालिकाको अवस्था दैनिक बिग्रीदै गएको छ, तर, घरपरिवार अति नै विपन्न भएका कारण एक बालिकाले उपचार नपाएर मृत्युको पखाईमा बस्नुपर्ने बिडम्बना खडा भएको छ । बालिका, किशोरी एव महिला क्षर््ोत्रका कार्यरत विभिन्न महिला संघ संगठन अधिकारकर्मीले समेत विपन्न बालिकाको घरमा नजर नपु¥याएको र मृत्युभएपछि अनावश्यक राजनीतिक मुद्दा बनाएर बखेडा झिक्ने लगत सस्कारका कारण अकालमै मनिसाले ज्यान गुमाउनुपर्ने बाध्यता छ । भण्डारी परिवारले उपचारका लागि सरकारी एव मानव अधिकार बालबालिका क्षेत्रमा कार्यरत संघ संस्थांसग उपचारका लागि सहयोगको अपिल गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी