२०८१ मंसिर ९, आईतबार
सुदुर पश्चिम विश्व विद्यालय प्रायः जसो राजनितिक विवादमा नै तानिएको पाइन्छ । कर्मचारी नियुक्त गर्दा समेत पार्टीगत भागबण्डा गरेर मात्र नियुक्ती दिने , भागबण्डामा पद नपुगे पद थपेर भएपनि भागबण्डा मिलाउने जस्ता कार्य पछिल्लो दिनहरुमा भएका प्रमुख कार्यहरु समेत हुन ।
कर्मचारी , शिक्षक तथा विद्यार्थी समेत पनि राजनितिमै रमाउने प्रचलनले बेला-बेलामा विश्व-विद्यालयले भने भौतिक क्षती भोग्नु पर्दछ , साझा सम्पत्तिमा यसरी पटक पटकको तोडफोडले नोक्सान हुनु विश्व-विद्यालय र सुदुर पश्चिम क्षेत्रकै लागी समेत घाटाको विषय हो ।
आजपनि सुदुर पश्चिम विश्व-विद्यालय केन्दृय क्याम्पस भित्र प्रीन्सिपल कुम्भ बहादुर चन्दको कार्यकक्षमा तोडफोड तथा चन्दको कुर्सी विद्यार्थी युनियनले बाहिर ल्याएर जलाएको छ । माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तीकारीका नेता गणेश मिश्र सहित केही विद्यार्थीहरुले क्याम्पसमा राजनितिक कार्यक्रम गर्न दिएको र विद्यार्थीहरु लाई पठन पाठनमा असहज गरेको भन्दै प्रीन्सिपलको कुर्सी बाहिर ल्याएर जलाएका हुन ।
क्याम्पस परिसरमा सुरक्षाको निमित्त सेकुरिटी कम्पनी बाट सुरक्षा गार्डहरु समेत राखिएका छन , तर पनि सामान्य रुपमा भौतिक क्षती भने भइराखेको पाइन्छ।
हिजो मात्रै विद्यार्थी युनियन सहितको टोलीले क्याम्पसमा के के गर्ने भन्ने विषयमा सर्वपक्षिय निर्णय समेत गरेको पाइएको छ ।
केही केटाहरु आइ क्याम्पसमा कार्यक्रम किन गर्न दिएको भन्दै तोडफोड शुरु गरेको र कुर्सी निकाली बाहिर लगी जलाएको बताउनु हुन्छ , क्याम्पसका प्रीन्सीपल कुम्भ बहादुर चन्द ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी