२०८१ मंसिर १३, बिहिबार
दोधारा । भौतिक तथा सामाजिक विकासमा सरकार कटिबद्ध हुन त जरुरी छ नै, तर सरकारको मात्र जिम्मेवारी भने होईन् । आफ्नो टोल बस्ती रुपान्तरण गर्न आफैं लागि परेका केही समाजसेवीहरु उदाहरणीय बनेका छन् । समाज सेवाका लागि धन होईन मन हुनुपछर्् । देशलाई, समाजलाई र अरुलाई म, के दिन सक्छु भन्ने भन्दा पनि, देशबाट, समाजबाट र अरुबाट म कसरी र के लिन सक्छु भन्ने दौडाहामा अहिले नेताहरु समय खर्चिरहेका हुन्छन् । तर दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिगत केही वर्ष देखि सामाजिक कार्यका उदाहरणका पात्र हुन् सामाजसेवी भिम कुमाल । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समस्यामा परेका दिनदुखीहरुलाई निरन्तर सहयोग गर्दै आएका भिम कुमाल यहि सहयोगका कारण दोधारा चाँदनी नगर क्षेत्रमा उनलाई सामाजसेवीका उपनाम पाएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कसैलाई छाक टार्न समस्या परेको होस् वा आर्थिक अवस्था दैनिय रहेर उपचार गर्न नसकेको अवस्था होस् उनि समस्यामा परेकाहरुलाई आफुले सक्दो सहयोग गर्न टपलक्क पुगिहाल्छन् । आज यसै क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ सुनाखरी टोलमा बस्दै आएका अपांग तथा एकल महिला गंगा गुरुङ्गलाई सहयोग गर्न सामाजसेवी कुमाल पुगेका छन् । सामाजसेवी कुमालले आर्थिक अवस्था दैनिय रहेका गंगा गुरुङ्गको निवासमा पुगेर खाद्यान्न र केही नगद सहयोग गरेको सामाजसेवी कुमालले बताएका छन् । अपांग तथा एकल महिला गंगा गुरुङ्गलाई ३० केजी चामल, ५ केजी दाल, १ केजी नुन, २ लिटर खाने तेल, २ केजी चिनी, आधा केजी चियापत्ती लगाएत नगद रकम रु. १ हजार सहयोग गरेका छन् । पिडित महिला केही वर्ष देखि स्वास्थ्य समस्याले पिडित छन् । गंगा गुरुङ्गलाई उनका छोरी गिता गुरुङ्गले देखरेख गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर रहेको त्यसैमा बिरामीको कारण उनको दैनिकी चलाउन निकै सकस हुदै आएका गंगा गुरुङ्गले बताएका छन् । सरकारले आफुहरुलाई सहयोग नगरेको भन्दै दाता भिम कुमालले खाद्यान्न र नगद सहयोग गरेकोमा धन्यबाद दिएका छन् । सामाजसेवी कुमालले पिडित गंगा गुरुङ्गको आर्थिक अवस्था दैनिय भएको खबर पाएपछि आफुले थोरै भएपनि सहयोग गर्ने योजना बनाएको बताएका छन् । खाद्यान्न तथा नगद रकम हस्तान्तरण कार्यक्रममा स्थानिय भक्त बहादुर सुनार, धनलाल दमाई लगाएत परिवारजनको उपस्थिती रहेको थियो । दुखीहरुको पिडामा सहयोग गर्दै आएका सामाजसेवी कुमाललाई स्थानियहरुले उनको कामको खुलेरै प्रशंसा गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी