२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरमा महिला तथा बालबालिका विरुद्ध हुने हिंसा विरुद्ध सामूहिक रुपमा जनचेतता फैलाउन थालिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरले सुरक्षित चेली अभियान अन्र्तगत महिला हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा सहित जनचेतना फैलाउन थालिएको छ।
महिला तथा बालबालिका विरुद्ध हुने हिंसा र दुव्र्यवहार विरुद्ध जनचेतना सन्देश समटेटिएका पर्चा पम्लेट वितरण, सवारी साधनमा स्टिकर टाँस्ने लगायतका कार्य गरिएका छन् ।
महिला हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा लेखिएको स्टिकर टाँस गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगर बजारमा दुई सय ५० सवारी साधनमा स्टिकर टाँस गरिएको छ । त्यस क्रममा हिंसा विरुद्ध सन्देश लेखिएका पर्चा पम्पलेट वितरण गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानलेले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा र दुव्र्यवहार न्यूनीकरणका कारण जनचेतना फैलाउन कार्यक्रम सहयोगी हुने बताए ।
‘महिला तथा बालबालिका विरुद्ध हिंसा र दुव्र्यवहार बढ्दो छ, यौनजन्य अपराध पनि बढेको छ’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘त्यस विरुद्ध जनचेतना फैलाउन कार्यक्रम गरिएको छ ।’
महेन्द्रनगर बजारको चम्मनचोक र मदनचोकमा कार्यक्तम गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महेन्द्रनगर, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुर लगायतका सहभागी भएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी