२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
नेकपा एकीकृकत समाजवादी पार्टीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा युवा नेता सुरेन्द्र बमलाई निर्वाचन परिचालन कमिटि संयोजकको जिम्मेबारी दिएको छ । सोमबार समाजवादी पाटी कञ्चनपुरको जिल्ला बैठकले प्रदेश सदस्य समेत रहेका युवा नेता बमलाई कृष्णपुर नगरको निर्वाचन परिचालन कमिटि संयोजकको जिम्मेबारी दिएको हो ।
समाजवादीले कृष्णपुर नगरपालिकामा बम जस्तै अन्य पालिकामा समेत नेताहरुलाई निर्वाचन परिचालनको जम्मेबारी दिएको जनाएको छ ।
पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने समाजवादी कृष्णपुर नगर निर्वाचन परिचालन समितिका संयोजक एव प्रदेश सदस्य सुरेन्द्र बमले प्रतिबद्धता जाहेर गरेका छन । ‘मलाई पार्टीले दिएको जिम्मेबारी पुरै निर्वाह गर्छु, ‘बमले भने, ‘९ वडा रहेको कृष्णपुर नगरमा समाजवादी पार्टी जिताउने मेरो काँधमा जिम्मेबारी आएको छ, जसरी भएपनि पुरा गर्छु ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी