२०८१ मंसिर १३, बिहिबार
क्ञ्चनपुरको उत्तरी क्षेत्र कृष्णपुर नगरपालिका १ दोमिल्ला शान्ति टोलमा विद्युत नहुँदा स्थानीय अन्धकारमा बस्न बाँध्य भएका छन । देशका तीन सरकार स्थानीय, प्रदेश र संघीय हुँदा पनि कृष्णपुर नगरपालिका १ दोमिल्ला शािन्त टोलका स्थानीय अझैसम्म पनि अन्धकारमा बस्न बाध्य भएका हुन ।
दोमिल्ला शान्ति टोलमा विद्युतीकरण नहुँदा स्थानीयले वडा, पालिका, केन्द्रीय संसदसम्म धाउँदा समेत विद्युतीकरण नभएपछि उनीहरुले कृष्णपुर नगरपालिका २वाणिका स्थानीय समेत रहेका नेकपा एकीकृत समाजवादीका युवा नेता सुरेन्द्र बहादुर बमलाई गुहारेका थिए । समाजवादी नेताकै पहलमा गाँउमा विद्युतीकरण भएको स्थानीयले बताएका छन । स्थानीय कम्मान सिह बुढाले सो क्षेत्रबाट निर्वाचित वडा अध्यक्ष मोहन बहादुर बस्नेत, मेयर कर्ण हमाल, प्रतिनिधी सभा सदस्य नर बहादुर धामी र पुर्वमन्त्री समेत रहेका एनपी साउदले जनताको समस्या हेरे तर केही नगरेको भन्दै अहिले आएर समाजवादीका नेता बमको पहलमा विद्युतीकरण भईरहेको बताए । अर्का स्थानीय धनसिह धामीले ०७४मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय जनप्रतिनिधीले समेत जनताका समस्या नबुझेको बताए । ‘हाम्रा जनप्रतिनिधीले हाम्रो पीडा बुझेनन, ‘उनले भने, ‘अहिले समाजवादीका प्रदेश सदस्य सुरेन्द्र बम, माओवादी नेता शुचित्र शाहको पहलमा विद्युतीकरण भईरहेको छ ।’ नेकपा एकिकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बमले गाँउमा विद्युतको समस्या भएकाले आफुले नेपाल विद्युत प्राधिकरणसग समन्वय गरेर लाईन जडान गर्न लगाएको बताए । गाँउमा विद्युतीकरण हुन थालेपछि स्थानीय हर्षित भएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी