२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ(समाजवादी) कृष्णपुर नगरको प्रथम भेला सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ(समाजवादी) कृष्णपुर् नगरको शुक्रबार प्रथम नगर भेला सम्पन्न भएको हो ।
भेलामा कृष्णपुर नगरका एमाले महिला परित्याग गरेर दर्जनौँ समाजवादी महिला संगठनमा प्रवेस गरेको समाजवादीका नेताहरुले बताएका छन ।
समाजवादी कृष्णपुर नगरका निर्वाचन परिचालन कमिटि संयोजक तथा प्रदेश सदस्य सुरेन्द्र बमले महिला संघ समाजवादीको कार्यक्रममा एमाले सहितका विभिन्न पाटीबाट महिलाहरु समाजवादी महिला सगठनमा प्रवेस गरेको बताए । भेलाले जयन्ती बोहरा(केसी)को अध्यक्षमा ५१सदस्यीय अखिल नेपाल महिला संघ(समाजवादी) गठन गरिएको छ । उपाध्यक्ष शुशिला थापा, सचिव अम्बिका पनेरु, उपसचिव योगेश्वरी धामी, कोषाध्यक्ष सरिता विष्ट रहेका छन । सदस्य तर्फ गोबिन्दी चन्द, यसोशा ढाँट, बसन्ती देव्री सिह, शोभा तिरुवा, सिता महरा, मिना पुन साउद, कल्पना जैरु, मानमती देवी बोहरा, नरपती खडका, कमला वड, जानकी महरा, गोमती पन््रत, ममतादेवी बोहरा, संगिता भण्डारी, करुणा बोहरा, बालपती चौधरी, राजु महरा, निसा बम, उल्जली देवी नेपाली, सुन्तली वड, शान्ति बम(चन्द), अमृत बोहरा, हिरादेवी चौधरी, जानकी महरा, बसन्ती चौधरी, पार्वती नाथ(योगी), बिश्ना चुनारा, कमला साउद, हिरादेवी चोधरी बसन्ती चौधरी, सरिता विष्ट, सिना देवी महरा, सरस्वती चन्द, कमला देवी चन्द, योगी देवी विक, शान्ति देवी भण्डारी, बानुदेवी विक रहेका छन ।
सम्मेलनमा नेकपा एकीकृत समाजवादी कञ्चनपुरका इन्चार्ज एव समाजिक विकासमन्त्री लाल बहादुर खडकाको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा नेकपा समाजवादीकी केन्द्रीय सदस्य एव अखिल नेपाल महिला संघ(समाजवादी)की नेतृ माया पन्त बिशिष्ठ अथिति रहेका थिए ।
नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य सदस्य तथा कृष्णपुर नगर निर्वाचन परिचालन कमिटि संयोजक सुरेन्द्र बम, प्रदेश सदस्य गोरख नेपाली, अखिल नेपाल महिला संघ समाजवादी कञ्चनपुरकी अध्यक्ष विष्ना पन्त(भट्ट) लगायतको सहभागिता रहेको थियो ।
अखिल नेपाल महिला संघ(समाजवादी)का जिल्ला सदस्य विम्ला श्रेष्ठ(पाण्डे)को अध्यक्षतामा शुरु भएको कार्यक्रमको संचालन समावादी सचिवालय सदस्य कृष्णपुरका नेता राम नाथ(योगी)ले गरेका थिए । कार्यक्रममा समाजवादीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी