२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
सत्तागठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपा पाँच राजनीतिक दलविच आगामी स्थानीय तहको चुनावका लागि तालमेल गर्ने केन्द्रमा सहमती भएको छ । केन्द्रमा पाँचै राजनीतिक दलविच भएको सहमती अनु?प कञ्चनपुरमा पनि गठबन्धनका राजनीतिक दलह?ले चुनावी तालमेल गर्ने सहमती जनाईसकेका छन । संविधानका रक्षक राजनीतिक दलह?ले पुन प्रतिगमन खतरा बढ्ने भएकाले एक पटक बाम लोकतान्त्रिक धुव्रमा रहेका पाँच दलले कार्यगत एकता गरेर चुनावमा जाने सहमती गरेको सन्दर्भमा कञ्चनपुरमा समेत केन्द्रीय सहमती जिल्लामा पालाना गर्ने जिल्ला नेतृत्व एव शिर्ष नेताह?विच सहमती भईरहेको छ । पालिका टुङग्याउनका लागि बुधबार नेकपा माओवादी केन्द्र कञ्चनपुरको पाटी कार्यालयमा बैठक बस्ने जनाईएको छ । माओवादी, काँग्रेस र समाजवादी रहेको पालिका आ–आफ्नो सुरक्षित गरेर बाँकी पालिकामा तालमेल गर्ने नेताह?विच छलफल चलेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका माओवादी केन्द्रले जितेको थियो । अहिले बाम तालमेलबाट समेत बेलौरी नगरपालिका माअोवादी केन्द्रकै भागमा पर्ने देखिन्छ । पाँच बर्ष विवाद रहित विकासका प्रतिकमा ?पमा परिचित रहेका मेयर पोतिलाल चौधरीको दोस्रो पटक ईनिङ्ग हुने देखिएको छ । चौधरीलाई गठबन्धन नभएपनि काँग्रेसकै नेताह?ले साथदिने बचन दिदै आएका थिए । गठबन्धन भए बेलौरी माओवादीकै भागमा पर्ने यदी नभएको अवस्थामा पनि माओवादीको बलियो पकड रहेको क्षेत्र भएकाले पुन माओवादीकै पोल्टामा बेलौरी पर्ने कतिपय बुद्धिजिवीह?को आँलकन छ । चुनावको मिति नजिकिदै जाँदा बेलौरीको मेयरका लागि पुन पोतिलाल चौधरीकै नाम अघि सारिएको माओवादी स्रोतले जनाएको छ । ०३८ साल बाबु जनकलाल चौधरी र आमा मनबुझाउनी चौधरीको कोखबाट जन्मिएका चौधरी किशोराअवस्थादेखि राजनीतिमा होमिएका थिए ।
०५४ सालदेखि राष्ट्रिय जनमोर्चा भातृ संगठनमा अबद्ध, ०६५ पार्टी एकता पछि जिल्ला उपाध्यक्ष र जिल्ला सदस्य , तात्कालिन क्षेत्र नम्बर २ को इञ्चार्ज रहेर राष्ट्रिय स्वाधीनताको पक्षमा अभियान चलाएका चौधरी, ०६८ लालझाडी पार्टी इञ्चार्ज भए । तत्पश्चात ०७० को निर्वाचनमा क्षेत्र नम्बर १ इञ्चार्ज , ०७२ केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य , त्यसपछि ०७४ को स्थानीय निर्वाचनमा बेलौरी नगरपालिकाको मेयर पदमा बिजयी भए ।
त्यसपछि नेकपा पार्टी एकता हुँदा प्रदेश कमिटी सदस्य, पछिल्लो पटक प्रदेश महाधिवेशन बाट पुनः प्रदेश सदस्य भइ , आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय प्रतिनिधि , अहिले नेकपा माओवादी क्षेत्र नम्बर १ (ख) इञ्चार्ज समेत रहेका र उक्त बिचका अवधिमा रामनगर सामुदायिक बन संरक्षण समिति संयोजक समेत रहेर था? समुदायको भलमन्सा प्रथाका अगुवाइ गरिरहेका नगर प्रमुख पोतिलाल चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदका लागि पुनः दौडमा देखिएका छन । पूर्व खानेपानी मन्त्री बिना मगरका विश्वासिला पात्र समेत रहेका चौधरीले पाँच बर्षमा बेलौरीको विकास गरेको देखेर स्वय काँग्रेसकै नेता प्रकास राज पन्त सहितले समेत प्रसंसा गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी