२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
कञ्चनपुरको लालझाडी गाँउपालिकामा जमिन नापजाँच शुरु गरिएको छ । भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिनका लागि लालझाडीमा जमिन नापजाँच शुरु गरिएको हो । बिहीबार लालझाडी गाँउपालिका ६ नम्बर वडादेखि जमिन नापजाँच शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।
लालझाडी गाँउपालिका ६का वडाध्यक्ष फुलाराम चौधरीले एक कार्यक्रमका विच भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बासोबासीलाई जमिन दिनका लागि नापजाँच शुरु गरिएको बताए ।
जमिन नापजाँचको शुभारम्भ गर्दै लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकले गाँउका सबै जनता जमिनको मालिक बनाईने बताए । ‘अब कोहीपनि लालझाडीका जनता भूमिहिन हुने छैनन, ‘गाँउ प्रमुख बडायकले भने, ‘भूमिहिन दलित र सुकुमबासीलाई जमिन र अव्यवस्थित बसोबासी जनतालाई लालपुर्जा दिलाउँछौँ ।’ सबै प्रकृतिका भूमिहिन समस्या भएका जनतालाई जमिनको स्वामित्व हस्तान्तरण गराउने प्रमुख बडायकले बताए । ‘हामीले चुनावका बेलामा पनि सबै जनतालाई जमिन दिने चुनावी एजेण्डा थियो, ‘उनले भने, ‘त्यही स्प्रीड अनुरुप हामीले काम अघि बढाएका छौँ ।’ राष्ट्रिय भूमि आयोग र गाँउपालिकाले लालझाडीमा झण्डै ४ हजार परिवार लाभान्वित हुनेछन ।
६ नम्बर वडादेखि नापजाँच शुरु गरेर सबै वडाहरुमा जमिन नापजाँच गरेर अघि बढ्ने प्रमुख बडायकले बताए । उनलेृ असारभित्रै लालपुर्जा वितरण गरिने बताए ।
कार्यक्रममा उप प्रमुख सत्यादेवी महराले भूमि आयोगको काम अघि बढेकाले अब भूमिहिन जनतालाई लालपुर्जा उपलब्ध गराउने बताए ।
नापजाँच कार्यक्रममा लालझाडी ६ का वडाध्यक्ष फुलाराम चौधरी, उप प्रमुख सत्यादेवी महरा, प्रमुख मदनसेन बडायक, राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य राज कुमार चौधरी , प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिह रावल सहितका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज राजनीतिक दलको सहभागिता रहेको थियो । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुङगानाले जिल्लाका पाँच पालिकामा जमिन नापजाँच शुरु गरिएको बताए । अध्यक्ष ढुङ्गानाका अनुसार बेलौरी, कृष्णपुर, बेदकोट, दोधाराचाँदनी र लालझाडीमा जमिन नाप्ने काम भईरहेको छ । ‘जिल्लाका पाँच पालिकामा एकसाथ नापजाँच शुरु भएको छ, ‘राष्ट्रिय भूमि आयोगका अध्यक्ष ढुङ्गानाले भने,
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी