२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
चार बर्ष अघि एसपी डिल्लीराज विष्टले कञ्चनपुर जिल्ला प्रहर कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेदेखि जिल्लामा लागु औषधका तस्कर समुह सफाया अभियानले निरन्तरता पाएको छ ।
तत्तकालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी विष्ट नेतृत्वमा जिल्लामा सोल्पामा लागु औषध खानेदेखि तस्कर समुहमाथि कार्बाही अभियान चलाएको थियो । त्यस विचमा आउने प्रहरी नेतृत्वले एसपी विष्टको लागु औषध मुक्त जिल्ला अभियानलाई निरन्तरता दिए केहीले औपचारिकतामा सीमित गराएका थिए । अहिलेका कञ्चनपुर प्रहरी प्रमुख श्याम सिह चौधरीले पनि एसपी विष्टकै लाईनमा लागु औषधका तस्कर समुह सफाया अभियनलाई निरन्तरता दिएका छन ।
कञ्चनपुर प्रहरीले अहिले दिनै, हप्तैपिच्छे लागु औषधका तस्कर एव सेवनकर्ता पक्राउ गर्दै कार्बाही गरिरहेको बुझिन्छ । यही सिलसिलामा कञ्चनपुर प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तीन जना युवकको साथबाट विभिन्न प्रकृतिको लागु औषध बरामद गरिएको छ ।
कञ्चनपुर प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक बहादुर सिह धामी नेतृत्वमा खटिएको टोलीले ३जनालाई नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका ११ बस्ने महेश गिरी, विष्णू पाठक, आशिष गिरीको साथबाट लागु औषध बरामद गरेको छ । उनीहरुको साथबाट १९.५ग्राम लागु औषध (चरेश), प्रि ग्याब्कि क्याप्सुल, ६ पिस ईन्ट्रिकट ट््याप्लेट १४ पिस बरामद गरिएको छ । हाल कञ्चनपुर प्रहरी नेतृत्वले पनि पुर्व कञ्चनपुर प्रहरी प्रमुख एसपी विष्टकै जस्तो लागु औषध मुक्त गराउने कसरतमा जुटेको स्थानीयको बुझाई छ । लागु औषधका लागि किशोर,युवा पुस्ता कुलतमा भाँसिएका बेला कञ्चनपुर प्रहरीको सकृयताले न्यूनिकरण हुने नागरिक समाजको आशा छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी