२०८१ मंसिर १३, बिहिबार
भौतिक तथा सामाजिक विकासमा सरकार कटिबद्ध हुन त जरुरी छ नै, तर सरकारको मात्र जिम्मेवारी भने होइन् । आफ्नो टोल बस्ती रुपान्तरण गर्न आफैं लागि परेका केही समाजसेवीहरु उदाहरणीय बनेका छन् । समाज सेवाका लागी धन होइन मन हुनुपछर्् । देशलाई, समाजलाई र अरुलाई म, के दिन सक्छु भन्ने भन्दा पनि, देशबाट, समाजबाट र अरुबाट म, कसरी र के लिन सक्छु भन्ने दौडाहामा अहिले नेताहरु समय खर्चिरहेका हुन्छन् । तर दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिगत केही वर्ष देखि सामाजिक कार्यका उदाहरणका पात्र हुन् सामाजसेवी भिम कुमाल । उनले कोरोनाको कारण उब्जेको संकट होस् वा दुखी गरिब तथा असाहयका घडीमा सहयोगी पात्र बन्दै आएको उनका पछिल्ला गतिबिधीले देखाएको छ् । मनका धनीहरुले समाज रुपान्तरणमा ठूलो भूमिका खेलेको पनि हामीले देखेकै छौं । त्यस्ता ‘मनकारी हातहरु’ हाम्रै टोल, छिमेकमा पनि छन् भन्ने ज्वलन्त उदाहरण भिम कुमाल रहेको सामाजमा छाप परिसकेको छ् । बिगका दिनहरुमा बडवाल टोलमा जंगली हात्तीले आतंक भएको बेला हात्तीले घर भत्काएको अवस्थामा उनिहरुलाई खाद्यान्न सहयोग, आगलागी भएको बेला अन्नपात तथा नगद सहयोग कार्य गर्दै आएका सामाजसेवी कुमाल कोरोना संक्रमणको पहिलो लहरको बेला कोरोनाको कारण उब्जेको संकट भएको अवस्थामा स्थानिय जनता पिडित भएको अवस्थामा ब्यक्ती सहयोग गरेर उनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्य गर्ने पहिलो ब्यक्तीको रुपमा परिचित हुदै आएका छन् । हुनत समाजमा सामाजसेवी कुमाल भन्दा धनी र सम्पन्न भएको ब्यक्तीहरु नभएको भने हैनन् । समाज सेवा गर्न को लागी न, त धन चाहिन्छ, न त उमेरको परिपक्वता नै । त्यस्तै उदाहरणीय बनेका छन्, सामाजिक भिम कुमाल । कोरोना संक्रमणको लहरमा पिडित जनता, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नगरपालिका कार्यालयलाई समेत सहयोग गर्दै आएका ब्यक्ती हुन् । बडवाल टोलको बादी बस्तीमा खाद्यान्नको अभाव भएको बेला र उनिहरुको जग्गाको समस्यामा उदार मनले सहयोग गर्दै आएका सामाजसेवी कुमालको क्रियाकलाप प्रति दोधारा चाँदनीबासी खुशी छन् । कोरोना संक्रमणको बेला बिरामीहरु अक्सिजनको अभावमा तडपिएको बेला समेत सामाजमा अभियानको थालनी गरि प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अक्सिजन कन्सरटेटर समेत उपलब्ध गराएका थिए । यस्तै केही महिना आएको दोधारा चाँदनी नगरपालिकामा आएको बिनासकारी बाढीले कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल लगाएत टोललाई क्षतबिक्षत बनायो । बाढीको कारण बिरामी परेका स्थानियहरुलाई सामाजसेवी कुमालले आफ्नो ब्यक्तीगत रकम लगाएत निशुल्क स्वास्थ्य शिविर संचालन गरेको दोधारा चाँदनीबासीले बिर्सेको छैन् । उनको यहि सामाजिक कार्यले दोधारा चाँदनीका स्थानियहरुको मस्तिष्क उनि निश्पक्ष र उदार मनका सामाजसेवीकोरुपमा परिचित भएका छन् । यसै क्रममा दोधारा चाँदनी नगरपालिकामा सामाजसेवीको नाउले परिचित भिम कुमाल संग पत्रकार पप्पु गुरुङ्गले गरेको संक्षिप्त कुराकानी । –
स्थानिय निर्वाचन कस्तो हुनु पर्छ ?
स्थानिय विकासका लागि स्थानिय नेतृत्व सक्षम र सवल हुनु आवश्यक छ् । सक्षम र सबल स्थानिय नेतृत्व छनौटको संघारमा उम्मेदवारको व्यक्तिगत, सामाजिक, प्राज्ञिक, साथै नेतृत्व गर्ने क्षमताको अवश्य मूल्यांकन हुनेछ् । हामीले स्थानिय तहका निर्वाचित जनप्रतिनिधीहरु हेरेका छौं । कतिपय जनप्रनिधीहरु बिबादस्त रहे । ५ वर्षमा गरेका उनिहरुको कामको मुल्यांकलन जनताले गरेका छन् । हामीले बिद्युत ट्रासर्फमर खरिद प्रकृया, कोरोना संक्रमणको पहिलो लहरको बेला भएको उपद्रो खर्च, छाडा चौपाया ब्यवस्थापन, बाढीको बेला आएको जनताको चित्कारले हामीले सोचे जस्ता र हामीले परिकल्पना गरे जस्तो जनप्रनिधी नपाएको हामी सबैले महशुस गरेकै हो । अहिले दोधारा चाँदनीको गाँउ बस्तीमा दलहरुका नेता तथा कार्यकर्ताहरु घर दैलो गर्नमा ब्यस्त छ् । वसन्त ऋतुको आगमन संगै विरुवाको नवरुपझै नयाँ संरचना सहित चुनावी चटारो हाम्रो घर घरमा छाएको छ् । जनप्रतिनिधीहरुले आफ्नो र आफ्ना कार्यकर्ताहरुले पोस्ने कार्य चरमचुलीमा रहेको सबैले महशुस गरेको बिषय हो । नगर क्षेत्रमा कर्मठ, लगशिल तथा जनताको प्रिय ब्यक्तीलाई जिताउनु पर्ने बेला भएको छ् । लोकतन्त्रमा निर्वाचन अपरिहार्य छ् । विकासका लागी निर्वाचन अति आवश्यक छ् । निर्वाचननै त्यस्तो मौका हो, जुन पद्धतिबाट हामीले आफ्नो क्षेत्रको समग्र विकासको गोरेटो निर्माण गर्न सक्छौं । निर्वाचनमा प्रतिनिधी छनौट गर्ने प्रक्रिया मात्र होईन, जसबाट हामीले धेरै अपनत्व महसुस गर्न सक्छौं । निर्वाचन त त्यस्तो प्रक्रिया हो, जहा मनिसले आफूहरु मध्यबाट विशिष्ट, प्रतिभाशाली, कर्मठ, जुझारु, निष्ठावान, बिकास प्रेमी, त्यागी, दूरदर्शी व्यक्तिलाई छनौट गर्दछन् र अपनत्वको आभास लिन सक्छन् । अबको चुनाव त्यस्तो बनोस, जसबाट हामीले आफ्नो प्रतिनिधीको नाम लिएर गर्व गर्न सकौं या अरुले हामीलाई हाम्रो प्रतिनिधी क्षेत्रको भनेर परिचित बनोस् । हामीलाई त्यो मौका आएको छ, जसको कारण हामी प्रशंसाको पात्र बनाओस् । तसर्थ सम्मुन्नत आर्थिक बिकासको बिजय बनोस् ।
तपाई बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय देखिनुभएको छ्, कोरोना संक्रमणको पहिलो लहर देखि तपाई ब्यक्तीगतरुपमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा दुखी गरिबहरुलाई सहयोग गर्दै आउनुभएको छ् । कहाँबाट आयो सामाजिक काम गर्ने रहर ?
मेरो बाल्यकाल आर्थिक संकटमा गुज्रीएको हो । बिगतका दिनहरुमा हाम्रो परिवारमा छाक टार्नको पिडाले हाम्रो छटपटिएको त्यो सम्झना मलाई ताजै छ् । पिडाको त्यो समयलाई मलाई अझै झलझल्को आँखा वरिपरी आईरन्छ् । मैले र मेरो घरपरिवारले बिगतका दिनहरुमा आर्थिक संकटको कारण उपचार गर्न समेत सकस भएको अवस्था सम्झेर सामाजमा कसैको पिडा देख्ने बित्तिकै मलाई आफ्नो त्यो दिनको सम्झना आउछ् । मिठो खानाको लागी पनि चाँड पर्व पर्खिने त्यो मैले कहिल्यै बिर्सन सक्दीन् । आर्थिक संकटबाट बाहिर निस्कन मैले र मेरो घरपरिवारले निकै कडा परिश्रम गर्नु पर्यो । म र मेरो परिवार माथी बितेका कहाली लाग्दो उपचार गर्न आर्थिक समस्या भएको झल्कोलाई सम्झेर मलाई समाजमा पिडामा रहेका ब्यक्तीहरुलाई सहयोग गर्न मन लाग्छ् । सहयोग पश्चात मलाई आफुमानै प्रशन्नता आउछ् ।
तपाईलाई दोधारा चाँदनीबासीले सामाजसेवी भनेर चिन्ने गर्छ कस्तो लाग्छ तपाईलाई ?
हो, मैले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नभई अन्य स्थानमा समेत आफ्नो क्षतमाले भ्याए जसो सहयोग गरेको छु । मैले गर्दै आएको सहयोगले सबैले म प्रतिको सकारात्मक हेराई छ् । मैले सामाजमा गर्दै आएको सहयोग निस्वार्थ हो । मैले गरेको कामको सबैले राम्रो भनेर सामाजिक संजाल तथा बिभिन्न कार्यक्रममा भनेको सुन्दा मलाई थप सामाजमा काम गर्ने थप उत्साह जाग्छ् । मेरो घरको आर्थिकले भ्याए जती आगामी दिनहरुमा सहयोग गर्न म पछि पक्कै हट्दैन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी