२०८१ मंसिर ८, शनिबार
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले संघीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु सरकारको लाचारीपन भएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी भएको टिप्पणी गरेका हुन।उनले लेखेका छन ‘नेकपा ९एमाले० सितको रिस भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु माथि पोख्नु सरकाको लाचारीपन हो।
गल्ती सच्याई आयोगलाई पनः सकिृय बनाउन सरकारलाई जनदवाव सिर्जना गरौं।’ भूमि आयोग र कृष्णपुर नगरपालिकाबीच जग्गाधनी पूर्जा उपलब्ध गराउनेबारे गत वर्षको कात्तिक २७ गते सम्झौता भएको थियो।सोही सम्झौता अनुसार जग्गा नापीको कार्य आईतवारदेखि सुरु गरेको थियो।
मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवा सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी