२०८१ मंसिर ९, आईतबार
दोधारा चाँदनी नगरपालिकामा राजनितिक दलका नेता कार्यकर्ता आसन्न स्थानिय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न भोट माग्दै दिनहु जसो सभा समारोह र घरदैलो तथा उम्मेदवार बन्नको लागी टिकटको दौडधुप गरिरहेका छन् तर बादी समुदायलाई भने चुनावले छोएको छैन् । उनिहरुलाई एक छाक टार्नकै सकस छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ र ६ का बादी बस्तीलाई स्थानिय निर्वाचन भन्दा पनि बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने निकै चिन्ताले पिरोलेको छ् । उसो त चुनाब नजिकिदै गर्दा सबै दलका नेता तथा कार्यकर्ता भोट माग्न बादी समुदायको घर नपुगेको पनि होईनन् । तर गाँस, बास र कपासमै अल्झिएका उनिहरुलाई दलका नेताहरुले दिने आश्वासनले छोएको पाईदैन । चुनावमा दोधारा चाँदनी नगरपालिकामा रहेका नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओबादी, एकिकृत सामाजबादी, स्वतन्त्र लगाएत दलका नेताहरुले पालिकालाई समृद्ध तथा बिकासको मुलधारमा ल्याउछु भन्दै आएपनि अब हुने निर्वाचनमा मान्छे हेरेर भोट हाल्ने बादी परिवारहरु बताउछन् । देशमा कमजोर अर्थतन्त्रको कारण जनताको पिडा दिन प्रती–दिन बढीरहेकै छ् । त्यसैमा बादी घरपरिवारको एक छाक टार्ने समस्याले थप पिरली रहेको पाईन्छ् । गाँउ बस्तीमा ज्यालामजुरी नपाएपछि दोधारा चाँदनीको बादी परिवारको दैनिकी अझ कष्टकर बन्दै गएको छ् । दोधारा चाँदनीमा बस्दै आएका बादी घरपरिवारले सरकारले आफूहरुको बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादी घरपरिवारले केही महिना अघि माक्रै स्थानिय सरकार र केही ब्यत्तीहरुको पहलमा उनिहरुले तत्कालिन माओबादी र नेपाल सरकारको द्धन्द्धमा छाडिगएको जग्गा फिर्ता पाएपनि केही बादी घरपरिवारले जग्गा पाएका छैनन् । बडवाल टोल बस्ने रेशम बादीको जग्गा अझै सम्म फिर्ता नपाएको उनिहरु बताउछन् । जग्गा नपाएपछि रेशम बादीको छिमेकीको जग्गामा त्रिपालको झुपडी बनाएर दिनचर्या बिताउदै आएको छ् । वर्षौ देखि पछौटपन र गरिबीमा बाँच्न बाध्य भएको उनीहरुको दुखेसो छ् । नाच्ने, गाउने र मादल बनाउने वर्षौ देखिको पुख्यौली पेशाबाट अब बाँच्न सक्ने अवस्था नरहेको रेशम बादीको भनाई छ् । पहिले पहिले बाउ बाजेले मादल बेचेर गित गाउदै अरुलाई मनोरञ्जन दिएर जिवन चलाएपनि अचेल आधुनिक बाजाको विकास संगै अब बादी समुदाय पुर्ख्यौली पेशाले धान्नै नसक्ने स्थितिमा पुगेको छ् । पछिल्लो समय बादी समुदायका युवाहरु रोजगारीका लागी भारतका बिभिन्न शहरमा जाने गरेका छन् । ‘गाँउ घरमा पनि काम नपाइने र जगबुडा र महाकाली नदीमा माछा मारेर खान सक्ने अवस्था छैन् । माछा पनि पाईदैन् । गाँउमा कतै काम पनि पाईदैन । केहि गर्ने वातावरण पनि छैन्, अर्को तिर हामीहरु संग पैसा पनि छैन् । त्यसैले सदियौ देखि पिछडिएका बादी समुदायको हितका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याएर सहयोग गर्नु पर्थ्यो’ रेशम बादीले भने– ‘अझै मुक्तीको लागी लडाई लडदै छौं ।’ जगबुडा नदी र महाकाली नदीको किनारमा विगत लामो समय देखि नदीको माछा र नजिकै रहेको भारतिय जंगलबाट संकलन गर ल्याएको न्युरो, बनमा पाईने सागपातबाट आश्रित भएर बादी घरपरिवार बाँची रहेका छन् । लामो समय देखि आफूहरुले समस्या भोगिरहेको भए पनि कसैले पनि सुनुवाई नगरेको बादी घरपरिवारको गुनासो छ् । ‘हामीले स्थानिय सरकारलाई बारम्बार आफूहरुका पिडा सुनाउदा समेत आश्वासन बाहेक अरु केहि पाउन सकेनौ’ बादी घरपरिवार भन्छन् । हाल देशमा तिन तहका सरकार भएर पनि राज्यको मूलधारबाट टाढा रहेका दोधारा चाँदनी नगरपालिदका वडा नं. ३ र ६ का बादीहरुले पाउनुपर्ने सेवा, सुविधाबाट बन्चित गरिनु दुभार्ग्यपूर्ण भएको स्थानियहरुको भनाई रहेको छ् । त्रिपालको सहारामा जोखिम मोलेर बस्दै बादी परिवारले सुरक्षित बासस्थान सहितको पुर्नस्थापना गरि दिनका लागि सरोकारवाला पक्षलाई आग्रह समेत गरे ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी