२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीराज्यमन्त्री एव कञ्चनपुरमा माओवादी नेता मान बहादुर सुनारले सुख्खा बन्दगाहको काम अघि बढाउन संघीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।
बुधबार राज्यमन्त्री सुनारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रशाद बडूलाई कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह र एकिृकत जाँचचौकी निर्माणको कार्य अघि बढाउन ज्ञापन पत्र सहित ध्यानाकर्षण गराएको छ । राज्यमन्त्री सुनारको गृहनगर समेत रहेको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि उनले समेत पटक पटक प्रयास गर्दै आएका छन । राज्यमन्त्री सुनारले बुझाएको ज्ञापन पत्र बुझ्दै उद्योगमन्त्री बडूले आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन ।
तत्तकालिन प्रधानमन्त्री एव माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले समेत दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माणस्थलको स्थलगत अवलोकन गर्दै पुर्वपश्चिम रेल सहित यथाशिघ्र अघि बढाउन मातहतका निकायलाई काम अघि बढाउन निर्देशन दिएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी