२०८१ मंसिर ८, शनिबार
क्ञ्चनपुर:
निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हालै छनौट गरेका एक म्यादी प्रहरी सहित चार जना लागु औषध सहित पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहका अनुसार म्यादी प्रहरी अनिल विष्ट सहित चार जनालाई लागु औषध सहित पक्राउ गरिएको छ । भीनपा ३विचपुरीका आबेस चौधरी, भीनपा ३ नौलाखेलका रोहित खत्री, दिपक ऐडीको साथबमाट लागु औषध सहिद(खैरो हिरोईन) बरामद गरिएको छ ।
शनिबार म्यादी प्रहरी तालिमका लागि सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा प्रवेस गरिरहेका बेला चेकजाँच गर्ने क्रममा खुकुरी चुरोटको डिब्बा सहित ३.७४ग्राम लागु औषध चरेश फेला परेको छ । बेदकोट नगरपालिका ९का अनिल विष्ट म्यादी प्रहरी सहित थप चारै जनालाई समेत पक्राउ गरि थप अनुसन्धान थालिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीले लागु औषध अभियान निरन्तर अघि बढाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी