२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
बैशाख ३० गते हुने आशन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट कञ्चनपुरको बेलडाँडीमा भीम बहादुर थापाको प्रबल दाबेदारी रहेको छ । झण्डै चारदशकदेखि राजनितिमा होमिएका थापाले यस पटक एमालेबाट बेलडाँडी प्रमुखको आँकाक्षी देखिएका छन ।
एमाले बेलडाँडी गाँउ कमिटिबाट समेत प्रमुख पदका लागि सिफारिस भएका थापालाई बलिया उम्मेदवारका रुपमा हेरिएको छ । एमाले जिल्ला कार्य समिति कञ्चनपुरका सदस्य बेलडाँडी गाँउपालिका सह इन्चार्ज रहेका थापालाई एमाले बेलडाँडी पङक्तिले प्रमुख दाबेदारका रुपमा हेरेका हुन ।
०३५ साल किशोरा अवस्थादेखि राजनीतिमा होमिएका थापाले ०३६ सालको जनमत संग्रहदेखि ०७९ कोे जनप्रतिनिधीको यात्रा तय गरेका छन । यस अघि ०४९ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा नेपालीस् काँग्रेसबाट जिल्ला विकास समिति कञ्चनपुरको सदस्य निर्वाचित भएका थापा थुप्रै समाजिक संघ सस्थामा समेत आबद्ध भएका छन । बहुदलिय व्यवस्था स्थापनाका लागि जनमत संग्रह गराउनका लागि संघर्ष गर्न तत्तकालिन अवस्थामा थापालाई दोधाराचाँदनी आन्दोलन प्रचारप्रसार समिति रहेका थिए ।
०४६ सालको जनआन्दोलन पछि नागरिक सुरक्षा समितिको उपाध्यक्ष हुदै ०४९मा जिल्ला सदस्य निर्वाचित भएका थिए ।
०५१सालदेखि नै संरक्षणमा जुटेका थापा, ०५६सालमा शुक्लाफाँटा मध्यवती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । ०७६मा समेत पुन निर्वाचित भएका थिए । मानव र वन्यन्तु विच हुने द्वन्द्व न्यूनिकरणका साथै संरक्षणमा जुटेका थिए ।
महाकाली सिँचाई दोस्रो चरणको अध्यक्ष हुँदा थापाले झर्नाखोला कटानी नियन्त्रण एव बेलडाँडी बेलौरी क्षेत्रको सीमसार क्षेत्र व्यवस्थापका साथै सिँचाईका थुप्रै कामकाज गरेका थिए । समाजसेवी समेत रहेका थापा कालिकिच उपभोक्ता समिति र सहकारीको भवन निर्माणमा योगदान पु¥याएको पाईन्छ । बेलडाँडीलाई बेलौरीमा गाभ्ने निर्णय बिरुद्धमा समेत थापा आफैले जिल्लादेखि केन्द्रसम्म आन्दोलनमा होमिएका थिए । हुलाकी सडक निर्माण, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रवेसद्वार, कालिकिच ताल व्यवस्थापनका लागि थापाले भूमिका निर्वाह गर्दै आएका छन ।
बैवाहको सरस्वती मावि र चवन्नीको सिहपाल माविका संस्थापक अध्यक्ष समेत रहेका थापाले बेलडाँडीको शैक्षिक क्षेत्रमा समेत भूमिका निर्वाह गरेका छन ।
कालो बजारी, भ्रष्टाचार बिरुद्धमा अभियान चलाउँदै ०५७सालदेखि सहकारीको सहुलियत ऋण उपलब्ध गराउन संघर्ष गरेका थिए । बेलडाँडीको समाजिक, आर्थिक, साँस्कृतिक विकासका लागि भूमिका निर्वाह गरेका थापालाई टिकट दिनुपर्ने पक्षमा एमाले कार्यकर्ता सहित फरक पार्टीका कार्यकर्ताले समेत माग अघि सारेका छन । काम गर्न सक्ने विगतदेखि अहिलेसम्म गाँउको संस्थागत विकासका लागि योगदान पु¥याएका थापालाई एमालेले मुल्याङकन गर्नुपर्नेमा बेलडाँडीका नेता नेता कार्यकर्ताको सुझाव छ ।
थापाले बेलडाँडीको एकीकृकत विकासका साथै युवा विदेशीने क्रम रोकेर स्वदेशमै रोजगारीका कार्यक्रम सृजना गर्ने योजना बनाएका छन । ‘बेलडाँडीमा थुप्रै सम्भावना छन, ‘उनले भने, ‘त्यसमा मैले गर्न सक्ने थुप्रै काम गर्छु ।’ गाँउमै रोजगारीका अवसर सृजना गरेर उत्पादन क्षेत्रमा युवालाई जोड्ने सम्बृद्धि बेलडाँडी बनाउने थापाले आफ्नो चाहना रहेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी