२०८१ मंसिर १२, बुधबार
दोधारा:
वडा सदस्यका उम्मेदवारको दाबी गरेका उपाध्यायले बिश्वास गरे जनताको बिश्वास गुम्न नदिने बताएका छन् । आसन्न स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बाट वडा सदस्य उम्मेदवारकोरुपमा दाबी गर्दै आएका संदिप उपाध्यायले जनताले आफुलाई बिश्वास गरे जनताको बिश्वास तथा माया गुम्न नदिने बताएका छन् । नेकपा एमालेले वडा नं. ७ बाट वडा सदस्य पदका लागी संदिप उपाध्ययलाई टिकट दिने तयारी भईरहेको खबर प्राप्त भएको छ् । बिगत लामो समय देखि संदिप उपाध्याय् दोधारा चाँदनीमा नेकपा एमालेमा आबद्ध रहदै आएका छन् । पार्टीको धेरै जसो गतिबिधीमा सरिक हुदै आएका युवा नेता उपाध्याय् यस पटक पार्टीले उनलाई वडा नं. ७ का वडा सदस्य पदमा उम्मेदवारकोरुपमा खडा गर्ने योजना बनाएको छ् । जनप्रतिनिधिले वडामा विभेदकारी विकास निति अबलम्बन गरेको, उत्पिडित वर्गलाई उपेक्षा गरिएको र सिमित समुदाय तथा कार्यकर्ताहरु बाहेक अन्य जाती, वर्गलाई वडा तहको पहुच अवसरबाट वन्चित गरिएकोले गलत प्रवृति विरुद्धमा कटिबद्ध भएर आफु निर्वाचनमा होमिएको युवा नेता संदिप उपाध्यायले बताएका छन् । जनताको चाहाना बिपरित मनपरि ढंगले विकास निर्माणका गतिविधीले वडाको समग्र विकासमा समस्या निम्ताएको उल्लेख गर्दै वडा सदस्यको पदमा दाबी गर्दै आएका नेता उपाध्यायले सामाजिक न्यायलाई आत्मसात गर्दै कुनै पूर्वाग्रह नराखी समुन्नत वडा बनाउन निस्वार्थ रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेको बिभिन्न भातृसंगठनमा रहेर पार्टीमा काम गर्दै आएका युवा नेता उपाध्याय् दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बाबाथान बजारको बजार ब्यवस्थापन समितिको अध्यक्षको पदबाट उनले राजनितिक यात्रा तय गरेका हुन् । ‘म जुन वडाको उम्मेदवार बन्दैछु । त्यो नगरपालिका भएपनि भौगोलिक तथा सामाजिक बिकटता छ् । ति पछि परेका नागरिकलाई आफ्नो हक अधिकार सहज र सहल रुपमा उपलब्ध गराउने मेरो अर्को उद्देश्य हो’ युवा नेता संदिप उपाध्याय्ले भने– ‘नगरपालिकाको विकास, कृषि उत्पादनमा जोड, छाडा चौपाय ब्यवस्थापन, बाटो, शिक्षा लगाएत स्थानियहरुको जिवन स्तर उकास्ने काम गर्छु ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी