२०८१ मंसिर १२, बुधबार
कंचनपुर:
मिडिया नेपाल कंचनपुरको आयोजनामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । मिडिया नेपाल कंचनपुरका अध्यक्ष धुर्व अवस्थीको अध्यक्षतामा महेन्द्रनगर स्थित कलश होटलको सभाहलमा रा.प्र.पा. का वरिष्ठ नेता तथा पुर्व अध्यक्ष समेत रहेका प्रकाशचन्द्र लोहनीले पत्रकार सम्मेलनमा बोल्दै सैद्धान्तिक रुपमा आफ्नो पार्टी स्थानिय निर्वाचनमा समेत कुनैपनी पार्टी सङ्ग नमिल्ने समेत बताएका छन ।
पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा वरिष्ठ नेता लोहनीले भने, राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै धर्मको सद्भाव राख्दछ तर नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ ।
नेपालको खस्किदो मौद्रिक नीति बारे बोल्दै लोहनीले भने देशमा आर्थिक संकट आइनसकेको तर संकट तर्फ मुलुक ढल्किसकेको र समयमै सरकारले यसबारे नसोचे राष्ट्र नै आर्थिक संकटमा जाने देखिन्छ ।
मुलुकमा मौद्रिक संकट भइरहेकै बेला सरकारले गभर्नर लाई हटाउनु नराम्रो पक्षको रुपमा रहेको समेत नेता लोहनीको भनाइ रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी