२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेकपा एमाले बेदकोट नगर कमिटिबाट प्रमुखका लागि एमाले नेता रामसिह धामी पनि सिफारिस भएका छन । नेकपा हुँदा ओली पक्षमा सतिसाल झै उम्भिएका धामी पनि बेदकोट नगर प्रमुखका लागि प्रबल दाबेदारका रुपमा देखिएका हुन ।
झण्डै ३दशकदेखि राजनीतिमा होमिएका धामी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरका कट्टर नेता हुन । बेदकोट नगरमा अन्य सबै नेपाल पक्षमा देखिएका बेला उनी ओली पक्षको लाईन समातेर त्यही रुपमा प्रस्तुत हुँदै आएका थिए ।
बेदकोट ९ का वडाध्यक्ष समेत रहेका धामीले आफ्नो वडाको विकास निर्माणदेखि अन्य सुशासनका लागि थुप्रै कामकाज गरेका छन । एमालेबाट बेदकोट प्रमुखका लागि धामी प्रबल दाबेदार बलिया उम्मेदवार रहेको एमाले स्थानीय नेता कार्यकर्ताले बताएका छन । धामीले पाटी र जनताका लागि जहिल्यैपनि राम्रो काम गरेकाले वडामा सन्तोषजनक काम गरेका धामीलाई एक पटक प्रमुख पद दिनुपर्नेमा नेता कार्यकर्ता सहमत भएका छन । स्थानीय नेता कार्यकर्ताको चाहना अनुरुप आफ्नो दावि रहेको बताउदै धामीले पाटीले आफ्नो कामको मुल्याङ्गकन गर्ने विश्वास व्यक्त गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी