२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
आशन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा कञ्चनपुरमा समेत ठुला तथा साना राजनीतिक दल एव स्वतन्त्र उम्मेदवार चुनावी तयारीमा जुटेका छन । सत्ताधारी काँग्रेस, माओवादी, समाजवादी, जनमोर्चा सहितका दल गठबन्धन र विपक्षी नेकपा एमाले कमल थापा नेतृत्वको राप्रपासंग गठबन्धन गरेर चुनावको तयारीमा जुटेका छन ।
नेपाली काँग्रेसबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका मेयरका लागि युवा नेता ज्ञानेन्द्र बहादुर सिह देखिएका छन । सिहको नाम समेत मेयरका लागि प्रदेशमा सिफारिस भएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका सिह नेपाल तरुण दलबाट राजनीतिक यात्रा शुरु गरेका थिए ।
तरुण दल शुक्लाफाँटा नगरपालिकाको नेतृत्व, काँग्रेस खेलकुद विभाग केन्द्रीय सदस्य सम्हालिसकेका सिहले यस पटक मेयरका लागि समेत आँकाक्षा देखिएका हुन । खेल क्षेत्रमा समेत योगदान पु¥याएका सिह कञ्चनपुर सहित सुदूरपश्चिममा चर्चित छन । एनपी साउद पक्षीय युवा नेता सिहलाई काँग्रेसमा युवा पुस्ताको साथ सर्मथन रहेको छ ।ईमान्दार, नैतिकवान र पाटी, जनताप्रति उत्तरदायी रहेका सिहलाई एक पटक जिम्मेबारी दिनुपर्ने नेता, कार्यकर्ताहरुको सुझाव छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी