२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेपाल कम्यूनिष्ट पाटी(विप्लव) कञ्चनपुरका युवा नेता बिरेन्द्र राज जोशीले भीमदत्त नगरपालिका १९को वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । युवा संगठनका केन्द्रीय सदस्य एव जिल्ला अध्यक्ष समेत रहेका बिरेन्द्रराज जोशीले भीमदत्त नगरपालिका १९ को वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । नेता जोशीले बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनलाई पाटीले उपभोग गर्ने केन्द्रीय निर्णय अनुरुप आफुले समेत उपभोग गर्न लागेको बताए । ‘मेरो उम्मेदवार वर्तमान दलाल संसदीय व्यवस्थामा रहेका दलले केन्द्रमा संकट आईसकेपछि एमसीसी पास गरेर स्थानीय तहमा जनताको विचमा कमाएको धन बैधानिकता दिनका लागि चिर्नका लागि भण्डाफोर गर्न जनताको विचमा जाने हो, ‘उनले भने, ‘हामी एमसीसी भण्डाफोर गर्दै जान्छौँ ।’ नेता जोशीले हामी जितेपछि कुल दुई तिहाई मतदाता संख्याको फिर्ता हुनुपर्छ भनेपछि फिर्ता हुने समेत बताए । भ्रष्टाचार, विकृती रोक्दै समाजिक न्याय वैज्ञाकि समाजवादका लागि आफुले उम्मेदवारी दिएको बताए । नेकपा विप्लव कञ्चनपुरका युवा नेता राजेन्द्र सिह विष्टले पार्टीको निर्णय अनुरुप नै जोशीले स्वतन्त्र रुपमा उम्मेदबारी दिएको बताए । ‘अहिले शुरुवात भएको छ, ‘थप साथिहरुले समेत स्वतन्त्र रुपमा पार्टीका एजेण्डा लिएर जनतामा जान्छन ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी