२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बेदकोट नगर कमिटिले ८ को वडाध्यक्षमा विद्यार्थी नेता दान बहादुर बमलाई सिफारिस गरेको छ ।
अढाई दशकदेखि राजनीतिमा होमिएका बमलाई माओवादी केन्द्र बेदकोट नगरले ८को वडाध्यक्षमा विद्यार्थी नेता बमलार्ई सिफारिस गरेको हो । बम दार्चुला र कञ्चनपुरमा अखिल क्रान्तिकारी विद्यार्थी नेताका रुपमा परिचित नेता हुन ।
०६२ सालमा हिमालय उच्च मावि हुती दार्चुलामा एसएससी अध्ययन गर्दा बम अखिल क्रान्तिकारी इकाई सचिव हुँदै राजनीतिमा होमिएका थिए ।
शुरुमै अखिल क्रान्तिकारी विद्यालय इकाई सचिव भएका बम प्लस टु अध्ययन गर्दा इकाई अध्यक्ष भएका थिए । ०६४सालमा सम्पन्न भएको पहिलो संविधान सभा निर्वाचनमा दार्चुलाबाट बम प्रचारप्रसार समिति सदस्य थिए । उतिबेला माओवादी केन्द्रका उम्मेदवार लक्ष्मीदत्त जोशी संविधान सभामा निर्वाचित भएका थिए ।
०६६ सालतिर दार्चुलाबाट प्लस टु उर्तिण गरेर उच्च शिक्षाका लागि तराई(कञ्चनपुर) आएका बमले महेन्द्रनगर स्थित जनज्योति बहुमुखी क्याम्पस इकाई अध्यक्ष भएर काम गरेका थिए । ०६८ सालतिर अखिल क्रान्तिकारी कञ्चनपुरका सहसचिवमा समेत काम गरेका बम ०६९सालमा नेकपा माअोवादी केन्द्र कञ्चनपुरका जिल्ला सदस्य भएका थिए । ०७८ सालमा नेकपा माओवादी केन्द्र बेदकोट नगरको सचिव रहेका बमले अखिल क्रान्तिकारी र पार्टीमा काम गरेर चर्चा कमाएका छन । युवा नेता समेत रहेका बमले गरिबी उन्मुलनदेखि वडाको एकीकृत विकासको योजना अघि सारेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी