२०८१ मंसिर १२, बुधबार
दोधारा:
आउदो बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी दोधारा चाँदनीमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्न थालेका छन् । मनोनयन दर्ताको पहिलो दिन नेपाल मजदुर किसान पार्टीले उम्मेदवारहरुको मनोनयन दर्ता गराएको छ् । नेपाल मजदुर किसान पार्टीले दोधारा चाँदनी नगरपालिकामा मयर पदको लागी मिनु गिरी, उपमयेरमा मञ्जु रोकाया र वडा नं. १ मा वडा सदस्य पदका लागी आशा बुढा क्षेत्री मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय दोधारा चाँदनीले जनाएको छ् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेपाल मजदुर किसान पार्टीले बिधिवतरुपमा उम्मेदवारहरुको मनोनयन दर्ता गराएको नेपाल मजदुर किसान पार्टीले दोधारा चाँदनी नगरपालिकामा मयर पदको उम्मेदवार मिनु गिरीले बताएका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य खगेन्द्र बहादुर शाहीले भोली सम्म मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको हुदा आफ्नो पार्टीबाट उम्मेदवारको संख्या थपिनसक्ने बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी