२०८१ मंसिर १२, बुधबार
आफ्ना एसमेनहरुलाई मात्रै टिकट दिएको भन्दै अन्तरघात गर्ने घोषणा
कञ्चनपुर:
नेपाली काँग्रेसले कञ्चनपुरका ९वटै पालिका र ९२वटै वडामा प्रमुख उप प्रमुखका उम्मेदबार टुङग्याएसंगै नेता कार्यकर्ताहरुविच चरम असन्तुष्टीता प्रकट भएको छ ।
लोकतान्त्रिक पाटीमा अलोकतान्त्रिक चरित्र र तानाशाही प्रवृति हावि भएको भन्दै नेता कार्यकर्ता बिरोधमा उत्रिएका छन । नेता कार्यकर्ताहरुले दिवान विष्ट, रमेश लेखक एनपी साउदले आफ्ना गल्तीमा मान्छे एसमेनहरुलाई मात्रै टिकट दिएको भन्दै अन्तरघात गर्ने खुलेसै घोषणा गरेका छन । पाटीमा लामो समय काम गरेका ईमान्दार, उच्च नैतिकवान एव जनता, पाटीका लागि ईमान्दाररितापुर्वक काम गर्नेहरुलाई टिकट नदिएको भन्दै बागी उम्मेदवारी दिने र फरक पाटीलाई भोट दिने घोषणा गरिरहेका छन । काँग्रेस असन्तुष्ट पक्षले झलारी स्थित क्षेत्र २काँग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेका छन । भने शुक्लाफाँटा नगरपालिका अध्यक्ष लाल ब. सिह सहितका दर्जनौँ नतो कार्यकर्ताहरुले राजिनामा दिएको घोषणा गरेका छन । उनीहरुले आफ्नालाई पटक पटक हार्दा र जित्दा पनि अरुलाई अवसर नदिने, नेताको चाकडी गर्नेहरुलाई काँखी च्यापेको भन्दै असल काँग्रेस भनेर जुनी काटेका नेताहरुलाई पाखा लगाएको बताएका छन । एक काँग्रेस नेताले काँग्रेसका नेताहरुको सामन्तीशैलीका कारण केही दिन अघि निर्वाचित सह सचिव पुष्कर चौधरी सहित सायौँ नेता कार्यकर्ता माओवादीमा गएको भन्दै ठिक गरेको र बाँकी पीडितले समेत पाटी परित्याग गर्दै रुखेको रुख जस्तै बनाउनुपर्नेमा आक्र्रोस पोखिरहेका छन । टिकट नपाएका नेता कार्यकर्ताहरुले असन्तुष्ट पोख्नु स्वभाविक भएको पार्टीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी