२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त साझा उम्मेदवार अघि सारेको छ । सोमबार माओवादी र समाजवादीका उम्मेदवारले संयुक्त उम्मेदवारी दर्ता गराएका छन । नेकपा एकीककृत समाजवादी पुनर्वास नगरका सह सचिव हिमेश थापाले दुवै पार्टीविच भएको सहमती अनुरुप वडा सदस्य, अध्यक्ष, उप प्रमुख र प्रमुखमा उम्मेदबारी दर्ता गराईएको बताए । समाजवादीका तर्फबाट मेयर जिवनराज थापा, माओवादीका तर्फबाट उप मेयर धोखे राना, वडा अध्यक्ष क्रमस १देखि ११सम्म प्रताप चन्द, मानसिह सार्की, कृष्ण बहादुर तामाङ्ग, प्रेम बस्नेत, धर्मेन्द्र जेठारा, लाल ब. बोहरा, जितराज तामाङ्ग, हरिशचन्द्र अधिकारी, नर ब. विक, शुकदेव राना र बलिराम चौधरीले उम्मेदवारी दर्ता गराएका हुन ।
पुनर्वासमा समाजवादी माओवादीले संयुक्त उम्मेदवारी दर्ता गरेर युद्धस्तरमा चुनावी प्रचारप्रसारमा होमिने छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी