२०८१ मंसिर १२, बुधबार
दोधारा:
बैशाख ३० गते हुने निर्वाचनको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा हिजोको भन्दा आज उम्मेदवारी दिनेको घुईचो लागेको छ् । दलहरुले आफ्नो नेता, कार्यकर्ता समर्थकहरु लिएर निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न र्याली सहित पुगेका थिए ।
हिजो नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको भएपनि आज नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओबादी केन्द्र र स्वतन्त्र समुहले उत्साहपुर्वक उम्मेदवारी दर्ता गराएको दोधारा चाँदनी स्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ् ।
नेपाली काग्रेंसमा मेयर पदमा गोपाल दत्त भट्ट, उपमेयरमा गंगा जोशीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाली काग्रेंसको तर्फ देखि वडा नं. १ मा कुम्भ गिरी, वडा नं. २ मा धनसरा चन्द, वडा नं. ३ मा मथुरा पन्त, वडा नं. ४ मा लोक बहादुर चन्द, वडा नं. ५ मा नरेन्द्र भण्डारी, वडा नं. ६ मा दिल बहादुर सिजाली, वडा नं. ७ मा शुशिल राना मगर, वडा नं. ८ मा जय बहादुर खड्का, वडा नं. ९ मा बिरु रावत र वडा नं. १० मा चन्द्र बहादुर सिंहले वडाध्यक्ष पदको उम्मेदवारमा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेको तर्फ देखि मेयर पदमा किशोर कुमार लिम्बु, उपमेयरमा खिमा चन्दले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट वडा नं. १ मा गोबिन्द सिंह धानुक, वडा नं. २ मा पदम सिंह रावल, वडा नं. ३ मा पदम सिंह रावल, वडा नं. ४ मा बिरेन्द्र दत्त जोशी, वडा नं. ५ मा मोहन चन्द, वडा नं. ६ मा ओंम बस्नेत, वडा नं. ७ मा ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. ८ मा ओंम प्रकाश रोकया, वडा नं. ९ मा गोपिलाल कडेंल, वडा नं. १० मा गंगाराम खड्काले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदका उम्मेदवारमा भगीरथ भट्ट, उपमेयरमा ऋषु सुनुवार रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ देखि वडा नं. १ मा बिक्रम चन्द, वडा नं. २ मा जनक साँउद, वडा नं. ३ मा तारा भण्डारी, वडा नं. ४ मा दिल बहादुर बुढा, वडा नं. ५ मा केशव खत्री, वडा नं. ६ मा अभिषेक भण्डारी, वडा नं. ७ मा माया रावल, वडा नं. ८ मा तमान सिंह गुरुङ्ग, वडा नं. ९ मा रुद्र दर्लामी र वडा नं. १० मा गोरख सुनार वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमुक्ती पार्टीले वडा वडाध्यक्ष सहित मेयर, उपमेयर पदका लागी उम्मेदवारी दर्ता गराएको छ् । आज मनोनयन दर्ता गर्नेको दोस्रो दिन राष्ट्रिय जनमुक्ती पार्टीले फागुने राम दमाई मेयर पदमा, शान्ती सुनार उपमेयर पदमा र वडा नं. २ को वडाध्यक्षको उम्मेदवार लागी गम्फु सुनैको नाउ उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ् । नेपाल मजदुर किसान पार्टीले मेयर पदको लागी मिनु गिरी, उपमयेरमा मञ्जु रोकाया र वडा नं. १ मा वडा सदस्य पदका लागी आशा बुढा क्षेत्री मनोनयन दर्ता हो । यस्तै स्वतन्त्रबाट कृष्ण प्रसाद जोशी मेयर पदमा र काग्रेंसबाट रुष्ट धन बहादुर शाहीले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र समुहमा मेयर पदमा भिम कुमाल, उपमयेरमा पार्वती राना मगरले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र समुहको वडा नं. १ मा प्रेम खत्री, वडा नं. २ मा भक्त सुनार, वडा नं. ३ मा भुपेन्द्र औजी, वडा नं. ४ मा धन बहादुर दमाई, वडा नं. ५ मा राम बहादुर सुनार, वडा नं. ६ मा भिम बहादुर कामी, वडा नं. ७ मा बिर बहादुर सुनार, वडा नं. ८ मा नर बहादुर सुनार, वडा नं. ९ मा शान्ता क्षेत्री र वडा नं. १० मा ईन्द्र बहादुर सुनारले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । सामाचार तयारपारुञ्जेल नेकपा माओबादी केन्द्र र स्वतन्त्र उम्मेदवारी दर्ता कार्य जारी छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी