२०८१ मंसिर १२, बुधबार
दोधारा:
नेकपा माओबादी केन्द्र दोधारा चाँदनीमा पुर्व सचिव भिम कुमालले पार्टी परित्याग गरि स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीमा पुर्व सचिव भिम कुमालले एक कार्यक्रमको आयोजना गरि हिजो आफु र आफ्नो टिम स्वतन्त्र भएको घोषणा संगै स्वतन्त्र समुहबाट दोधारा चाँदनीको मेयर पदमा उम्मेदवारी दिएका छन् । नेता भिम कुमाल दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्यमा प्रखर देखिएका ब्यक्ती हुन् । उनले नेतृत्व पंक्तीले आफु र आफ्नो टिमलाई रित्याउने खेल संगै पार्टीको बिधीबिद्यान र मर्म बिपरित कार्य गरेको भन्दै असन्तुष्ट जनाउदै आएका थिए । उनि संगै नेकपा माओबादीको ठुलो खेमाले पार्टी परित्याग गरि स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । पार्टी परित्याग गर्नेमा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता धन बहादुर दमाई, भक्त बहादुर सुनार, टेक बिक, बिर बहादुर सुनार, मोतीराम सुनार लगाएत नेता तथा कार्यकर्ताहरु रहेका छन् । निर्वाचन कार्यालयले तोकेको मनोनयन दर्ताको हिजो अन्तिम दिन उनिहरुले पार्टी परित्याग गरि स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र समुहमा मेयर पदमा भिम कुमाल, उपमयेरमा पार्वती राना मगरले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र समुहको वडा नं. १ मा प्रेम खत्री, वडा नं. २ मा भक्त सुनार, वडा नं. ३ मा भुपेन्द्र औजी, वडा नं. ४ मा धन बहादुर दमाई, वडा नं. ५ मा राम बहादुर सुनार, वडा नं. ६ मा भिम बहादुर कामी, वडा नं. ७ मा बिर बहादुर सुनार, वडा नं. ८ मा नर बहादुर सुनार, वडा नं. ९ मा शान्ता क्षेत्री र वडा नं. १० मा ईन्द्र बहादुर सुनारले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी