२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) अहिले चुनावी मैदानमा छन । ३० बैशाखमा हुने लागेको स्थानीय तहको चुनावमा महाकाली अस्पतालका निर्वतमान अध्यक्ष बोक्सर चुनावी मैदामा उत्रिएका हुन ।
बोक्सरले नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुखको टिकट पाएका थिए । माओवादी केन्द्र कञ्चनपुर क्षेत्र नम्बर ३ का इन्चार्ज समेत रहेका बोक्सर अहिले उप प्रमुखको यात्रामा छन । नेकपा माअोवादी र नेकपा एकिकृत समाजवादी विच भएको भागबण्डामा आधारमा माओवादी केन्द्रले भीमदत्त नगरमा उपप्रमुख पाएको थियो ।
बिग्रीएको रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पताल सुधार गरेर चर्चा र लोकप्रियता बटुलेका बोक्सरले दुई पटक कोरोना महामारीका बेला आफै खटिएका थिए । शिक्षकबाट राजनीतिकमा आएका बोक्सरले महाकाली अस्पतालको मुहारै फेरेपछि विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट सम्मान पाएका थिए । बोक्सरले महाकाली अस्पताल बृद्धि विकासका लागि गरेको योगदानको स्थानीयले समेत चर्चा गर्दै बोक्सर उप प्रमुख होईन प्रमुखमै आउनुपर्ने नेता भएको प्रतिकृया दिईरहेका छन । महाकाली अस्पताल सुधारका लागि अहमभूमिका निर्वाह गरेका बोक्सरलाई अधिकाँसले नदेखेपनि नामबाट चिन्छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी