२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
कञ्चनपुरको बेदकोट नगरपालिकामा बाम गठबन्धन (नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र)विच संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
बुधबार बेदकोट नगरका बाम गठबन्धन दल माओवादी समाजवादीले चुनाव प्रचार प्रसारका लागि बाम गठबन्धनको निर्वाचन परिचालन समिति गठन गरिएको हो । बाम गठबन्धनका उम्मेदवार जिताउनका लागि परिचालन मुल समिति गठन गरिएको निर्वाचन प्रचारप्रसार समिति संयोजक प्रबिन बोगटीले बताए । उनका अनुसार नेकपा एकीककृत समाजवादीका युवा नेता बीर बहादुर बुढाथोकीको संयोजकत्वमा मुल निर्वाचन परिचालन समिति गठन गरिएको छ । सह संयोजकमा माओवादी नेता डम्बर भाट(कञ्चन)लाई जिम्मेबारी दिईएको छ । आर्थिक परिचालन पनि बुढाथोकी र अन्तरपाटी आचार संहिता निर्माणका लागि डम्बर भाट(कञ्चन)लाई जिम्मेबारी दिईएको छ । नगर घोषणपत्र निर्माण नन्द सिह सार्की, युवा परिचालन योगेश साउद, सुचना संकलन उप समिति दलबिर टमाटा, विवाद समाधान कार्यालय व्यवस्थापन राजेन्द्र भण्डारी र साँस्कृति उपसमिति लालमणी जोशीलाई जिम्मेबारी दिईएको छ । बेदकोटमा माओवादी समाजवादीको संयुक्त बाम गठबन्धनले प्रचारप्रसार गर्दै चुनावमा होमिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी