२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
मानव बेचबिखन विरुद्ध कार्यरत संस्था माइती नेपालले मुम्बई, महाराष्ट्र बाट एक जना १५ वर्षकी बालिकाको उद्धार गरेको छ । पछिल्लो ४ महिना देखि हराएकी थिइन् । निज बालिकाका अभिभावकहरुले निज हराएको सुचना नेपाल प्रहरीलाई दिएका थिए । प्रहरी बाट बालिकाको केही अत्तोपत्तो लाग्न नसके पछि निजका अभिभावकहरुले माइती नेपालमा खोजतलासका लागि निबेदन दिएका थिए । माइती नेपालले भारतमा मानव बेचबिखन विरुद्ध काम गर्ने संस्थाहरु र भारतीय पुलिसको सहयोगमा निजको खोजी कार्य अगाडी बढाएर बालिका पत्ता लगाउन सफल भएको हो। । निज बालिका मुम्बईमा रहेको सुचना पाउने बित्तिकै माइती नेपालकी उद्धार तथा पुनस्र्थापना संयोजक महेश्वरी भट्टले मुम्बई पुगेर निज बालिकाको सकुशल उद्धार गरेको हो । माइती नेपालकी उद्धार तथा पुनस्र्थापना संयोजक महेश्वरी भट्टले बताउनुभयो– “हामीले बालिका मुम्बईमा रहेको सुचना पाउने बित्तिक्कै उक्त सुचनाको बिश्वसनीयता सुक्ष्म तरिकाले जांच गर्यौं । सुचना प्रमाणीकरण हुना साथ मुम्बई पुगेर बालिकाको सकुसल उद्धार गर्न सफल भयौं ।”
उद्धार गरिएकी बालिकालाई अहिले माईती नेपाल कञ्चनपुर शाखाको संरक्षणमा राखेर परामर्श दिने कार्य भई रहेको छ । अहिले बालिकाको मानसिक अवस्था चुस्त दुरुस्त नभएका कारण केही दिन संस्थामा राखेर मनोबैज्ञानिक परामर्श प्रदान गरी केही सुधार आए पश्चात नीजलाई पारिवारिक पुनस्र्थापनाका लागि माइती नेपालको केन्द्रीय कार्यालय काठमाण्डौं पठाने तयारी गरिएको संयोजक भट्टले बताईन ।
पछिल्लो ३० वर्ष देखि मानव बेचबिखन विरुद्ध काम गर्दै आएको संस्था माइती नेपालले देश विदेशका कुनाकाप्चा बाट वर्षेनी लगभग ५ हजारको हाराहारीमा बेचबिखनमा परिसकेका महिला तथा बालबालिकाको उद्धार गर्दै आएको छ । त्यसै गरी भारत र चीन संगका सबै बैधानिक सिमानाकाहरुमा सुचना तथा परामर्श केन्द्र राखेर बेचबिखनको सम्भावित जोखिममा रहेका दशौं हजार महिला तथा बालकालिकाको उद्धार गर्नुका साथै बर्डर पार गर्ने लाखौं मानिसहरुलाई मानव बेचबिखन तथा सुरक्षित बसाईसराईका सम्बन्धमा परामर्श प्रदान गरि सकेको छ ।
माइती नेपालले भारत र चीनसंग जोडिएका सबै बैधानिक सिमानाकामा चेक पोष्ट एवम् सदरमुकामहरुमा आवधिक गृह स्थापना गरि बर्डरमा आवतजावत गर्ने हरेक यात्रुहरुको निगरानी गर्दै आएको छ । संयोजक भट्टले भन्नु भयो – “बर्डरमा खटिएका हाम्रा कर्मचारीले पैदल लगायत विभिन्न सवारी साधन प्रयोग गरि बर्डर वारपार गर्ने सबै यात्रुहरुको निगरानी गर्दछन र शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गरेर बेचबिखनको सम्भावित जोखिममा रहेका महिला तथा बालबालिकाको सिमानाका बाटै उद्धार गर्ने गर्दछन ।” माइती नेपाल संगै बर्डरमा २४ घण्टा ड्युटी खटिएका नेपाल पुलिस, सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र सीमा बल ईण्डीया, ईण्डीयन पुलिस, एएचटीयु युनिट, दुईटै देशका इमिग्रेसन कार्यालय पनि मानव बेचबिखन नियन्त्रणको लागि सक्रिय रुपमा काम गर्दै आएका छन् । तर पनि मानव बेचबिखन नियन्त्रण हुन सकिरहेको छैन् । नेपालमा बसेर भारतमा वा भारत हुंदै तेस्रो मुलुक सम्म हुने मानव बेचबिखन र मानव बेचबिखनको शिकार भई सकेका महिला तथा बालबालिकाहरुको उद्धार गर्न कठिन हुने भएकोले माइती नेपालले हालसालै दिल्लीमा पनि आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेको छ । दिल्लीमा सम्पर्क कार्यालय स्थापना गरे लगत्तै माइती नेपाल दिल्ली शाखाकी ईन्चार्ज, उद्धा र तथा पुनस्र्थापना संयोजक महेश्वरी भट्टले मार्च महिना यता ब्याक टु ब्याक ५ जनाको भारत बाट र अपहरणमा परेकी एक जना भारतीय मुलकी आठ बर्षकी बालिकाको नेपाल बाट उद्धार गरि सकेका छन । हरियाणा, गुडगांवको एउटा कोठीमा रेड हानेर कञ्चनपुरकी एक महिला संगै निजकी आठ बर्षकी नाबालक छोरी, अल्मोडा, उत्तराखण्ड बाट सल्यानका दुई जना बालक, दिल्ली, भारत बाट अपहरण गरी नेपाल पुर्याईएकी आठ बर्षकी बालिकाको काठमाण्डौं र मुम्बई भारत बाट रौतहटकी १५ बर्षीय बालिकाको उद्धार गरिएको हो ।
मानव बेचबिखन एक जघन्य अपराध हो । मानव बेचबिखन संग जोडिएका व्यक्तिहरु ले जोसुकैलाई जहिले, जसरी पनि आफ्नो जालमा फसाएर मानव बेचबिखनको सिकार बनाउन सक्छन् । त्यस्को ताजा उदाहरण केही दिन अघि मात्र भारतको दिल्ली बाट अपहरणमा परि नेपाल पुगेकी आठ बर्षकी नाबालक बालिका हुन । ती बालिकालाई दुई जना एनआरआइ र तीन जना अमेरिकन नागरिक मिलेर अपहरण गरी नेपाल पुर्याएका थिए । ती बालिकालाई अमेरिका लैजान तयारी अवस्थामा काठमाण्डौं एयरपोर्ट बाट नेपाल प्रहरीको मानव बेचबिखन ब्युरो र ईमिग्रेसनको सहकार्यमा उद्धार गरिएको हो । यो घटनामा अचम्म के पनि छ भने अपहरण कर्ता मध्येका एक नीज बालिकाका आफ्नै सहोदर बाबु पनि रहेका छन ।
यद्यपी भारत र नेपाल दुईटै मुलुकका सरकारहरु यस मानव बेचबिखनका सम्बन्धमा निकै नै गम्भीर छन । दुईटै देशमा मानव बेचबिखन विरुद्ध कडा नियम कानुन बनाईएका छन् र ती नियम कानुनको पालना गर्नका लागि सरकारी संयन्त्र बनाएर क्रियाशिल पनि भएका छन् । तर पनि आजसम्म मानव बेचबिखन रोक्न तथा नियन्त्रण गर्न मुस्किल रहेको छ । माइती नेपालकी उद्धार तथा पुनस्र्थापना संयोजक महेश्वरी भट्टले बताउनुभयो– यो अघि भारत नेपाली महिला तथा बालबालिकाहरुको बेचबिखनको गन्तव्य मुलुक बनेको थियो भने अहिले आएर भारत ट्रान्जिट मुलुकको रुपमा विकसित भएको छ । अहिले भारतीय भुमीको प्रयोग गरेर महिला तथा बालबालिकालाई तेस्रो मुलकमा समेत बेचबिखन गरिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी