२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
कञ्चनपुरका समाजसेवी युवा खगेन्द्र जोशी भीमदत्त नगरपालिका मेयरको यात्रामा छन । जोशीले विवेकशिल साझा पाटीबाट मेयरका लागि टिकट पाएका थिए । रविन्द्र मिश्र नेतृत्वको पार्टीबाट टिकट पाएका जोशी अहिले भीमदत्त नगरको मेयरको यात्रामा छन । हरेक महामारी एव अन्य संकटका बेला अग्रणी रुपमा काम गर्दै आएका जोशीलाई विवेकशिल साझा पार्टीले मेयरका लागि अघि सारेको हो ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगर निवासी जोशीले दुई पटक कोरोना महामारीका बेला अक्सिजन आपूर्तिदेखि भारतबाट फर्किएका नेपाली नागरिकलाई सीमा क्षेत्रमा निःशुल्क खाना खुवाउनेदेखि गन्तव्यसम्म पु¥याउन अहोरात्र खटिएका जोशीलार्ई पार्टीले मेयरमै चुनाव लड्न टिकट दिएको हो ।
सोही अनुरुप जोशीले दोस्रो दिन सोमबार उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन । ३३ बर्षिया जोशी यस अघि कुनैपनि दलको सदस्य थिएनन । उनी विशुद्ध समाजिक भावनाका साथ काम गर्दै आएका छन । यस पटक उनलाई विवेकशिलले विवेक प्रयोग गर्दै मेयरमै अघि सारेको उनका शुभचिन्तकहरुको बुझाई छ । कोराना महामारी बाहेक अन्य समाजिक क्षेत्रमा समेत काम गर्दै आएका जोशीको उम्मेदवारीले युवा पुस्ता उत्साहित भएका छन । साउथ एसियन एजुकेशन फाउण्डेशन प्रालिका प्रबन्ध निर्देशक समेत रहेका जोशी कोरियन भाषाका शिक्षक पनि हुन । साउथ एसियन एजुकेशन फाउण्डेशन प्रालिमा अध्ययन गरेका झण्डै एक हजार बढि विद्यार्थी पढाएका थिए । सो मध्ये झण्डै २ सय बढि विद्यार्थी कोरियामा रोजगारी गर्दै आएका छन । जोशीले भ्रष्टाचार रोक्नका लागि आफ्नो उम्मेदवारी दर्ता गरेको बताए । शिक्षा, स्वास्थ्यलाई निःशुल्क र गुणस्तरिय बनाउने योजना रहेको उनले बताए । समाजिक सुरक्षा भत्ता घरदैलोमा पु¥याउँदै नागरिकलाई बढि भन्दा बढि सेवा सुविधा दिनका लागि उम्मेदवारी दिएको बताए ।
]
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी