२०८१ मंसिर १२, बुधबार
कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका एमाले नेता कार्यकर्ताहरु धमाधम एमाले पाटी परित्याग गरिरहेका छन । एमालेले दलित नेता कार्यकर्ताहरुलाई उपेक्षा गरेको भन्दै पुनर्वासका दलित नेता कार्यकर्ता धमाधम पाटी परित्याग गर्दै छन । एमाले पुनर्वासका दलित प्रभावकाली नेता बीरबल विश्वकर्माले पाटी परित्याग गरेका थिए ।
१३ बैशाखमा विकले पाटी परित्याग गर्दै एमालेले टिकट वितरणमा अनियमिता भएको दुखेसो पोखेका छन । यस्तै एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य जंग बहादुर सुनार र नगर कमिटी सदस्य दान बहादुर सुनारले समेत एमाले जिल्ला अध्यक्षलाई सम्बोधन गरेर ज्ञापन पत्र बुझाएका छन । एमालेले दलित समुदायका नेताहरु सक्षम हुँदाहुँदै टिकट नदिएर उपेक्षा गरेपछि बाध्य भएर पाटी परित्याग गरिरहेको जनाउँदै, अन्य पालिका क्षेत्रबाट समेत दलित नेताहरुले पाटी परित्याग गर्ने घोषणा गरेको जनाएको छ । एमाले कञ्चनपुरले केही दलित नेता कार्यकर्ता अनावश्यक जातिय हिसाबले भागबण्डा मागेर पार्टीलाई गुमराहमा राखिरहेको भन्दै यस्तो नगर्न आग्रह गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी