२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेकपा एमाले कञ्चनपुरको बेलडाँडी ३का वडाध्यक्षमा उम्मेदवार गाणेश विष्टले १९बुँदे घोषण तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । एमाले बेलडाँडीका युवा नेता रविन नाथले पाटीका तर्फबाट वडाध्यक्षमा उम्मेदवार विष्टले वडाको एकीकृकत विकासका लागि १९ बुँदे घोषणा पत्र सार्वजनिक गरेर चुनावी मैदानमा होमिएको बताए । ‘हाम्रा वडाध्यक्षमा उम्मेदवार गणेश विष्ट नेतृत्वको वडाका उम्मेदवार जनताको घरदैलोमा गईरहेका छन, ‘उनले भने, ‘चुनावी प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएका छौँ ।’ यि हुन एमाले ३का वडाध्यक्षमा उम्मेदवार विष्टले अघि सारेका प्रतिबद्धताहरु
१।मेरो पहिलो प्राथमिकता शिक्षामा हुनेछ जस् अन्तर्गत सिद्धनाथ माध्यामिक विद्यालय लाई सु व्यवस्थित गर्दै यसको स्वरूप परिवर्तन गरिने छ ।
२।व डा न ३ मा प्राविधिक शिक्षा को सुरुवात गरिने छ।
३। विद्यालय अध्ययन गर्ने किशोरीहरुलाई महिनावारी हुँदा को पीडा लाई मध्यनजर गर्दै निशुल्क सेनीटरी प्याडको व्यवस्था गरिने छ।
४।माध्यामिक तह सम्मको शिक्षा लाई निशुल्क बनाइने छ।
५।दलित महिला विपन्न ,अपाङ्ग र फरक क्षमता भएका बालबालिकाहरुका लागि गहिरो अध्यन गरेर यसको व्यवस्थापनका लागि विशेष जोड दिइने छ ।
६।वडा भित्र रहेको स्वास्थ्य केन्द्रको उचित किसिमको स्तरउन्नती गरी संभवतः एम्बुलेन्सको पनि व्यवस्था गरिने छ।
७। एक घर एक धारा ू अभियान नै सञ्चालन गरेर सबै घर मा खानेपानी को व्यवस्था गरिने छ।
८।बिजुली नपुगेको ठाउँमा बिजुली बत्तीको व्यवस्थापन गरिने छ ।
९।खेलकुद ९ भलिबल र फुटबल र क्रिकेट लगायत अन्य० मा सपना बुनेका युवा खेलाडिहरुलाई लाई अवसर, लगानी प्रोत्साहन र सम्मान गरिने छ।
१०। खेलमैदान र कभर्ड हल को व्यवस्थाप गरिने छ।
११।ूएक टोल एक विकास निर्माणू कार्य सञ्चालन गर्दै यस वडा लाई नमुना व डा बनाइने छ।
१२।यस व डा भित्र का रहेका र व डा लाई जोड्ने रोड, बाटोघाटो लाई संभवतः कालोपत्रे र अनिवार्य ग्रावेल गरिने छ।
१३।सामाजिक क्षेत्रमा हुने विविध विकास निर्माणका कार्यहरुमा अधिकतम जनसहभागिता गर्दै सामाजिक उतरदायित्व बोध गराइ ूहाम्रो टोल हामी बनाउछौू भन्ने कार्यक्रम अगाढी बढाइने छ ।
१४।कृषि लाई आधुनिकरण गरेर ूकृषक समुह कार्यक्रमू सञ्चालन गर्दै कृषक लाई बीउ, विजन, मल वितरण गर्दै तरकारी र खाद्यान्न मा आत्मनिर्भर बनाउनेछ। साथै यस क्षेत्रको खाद्यान्न लाई निर्यात गर्न पनि समन्वय र सहजीकरण गरिने छ।
१५।पालिका,प्रदेश तथा केन्द्रबाट आउने सबै खालका योजनाहरुमा सम्वन्धीत सम्पुर्ण उपभोक्ताहरुलाई व्यापक जन सहभागिता गराएर वितरण गरिने र आर्थिक कृयाकलापहरुको बार्षिक सार्वजनिक सुनुवाइ, पारदर्शी गर्ने एवंम सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गरिने छ।
१६।हरेक महिलार पुरुषलाई आत्मनिर्भर बनाउन को निमित्त विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै दक्ष बनाइने छ।
१७। यस व डा भित्र रहेका विभिन्न मठ, मन्दिर ,धार्मिकस्थल ,धर्म संस्कृति को जगेर्ना ,संरक्षण र प्रवर्द्धन मा विशेष ध्यान केन्द्रित गरिने छ ।
१८। व डा बाट प्रदान गरिने सबै सेवा सुविधा हरु ९सिफारिस,जन्म दर्ता, विवाहदर्ता, मृत्युदर्ता बसाइसराई आदि ० निशुल्क गरिने छ।
१९। मेरो बुद्दी विवेक ले भ्याए सम्म निस्वार्थ, निष्पक्ष र पारदर्शी भएर व डा न ३ मा शान्ति, विकास र निकास का लागि सदैब समर्पित हुने छु।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी