२०८१ मंसिर ८, शनिबार
बिकाश सिंह महता
कञ्चनपुर / श्रावण २२ गते शुक्रबार
सुदूरपश्चिम नेपाल पश्चिमा अष्ट्रेलिया कमिटीले कोराना रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम सरकार र महाकाली प्रादेशिक अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
अष्ट्रेलियाको पर्थमा बस्दै आएका सुदूरपश्चिमेलिवासीहरुले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेको महाकाली प्रादेशिक अस्पतालको कोरोना राहत कोषलाई ५१ हजार ५ सय ५१ रकम सहयोग गरेको हो । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सहायक महासचिव भिम बहादुर थापामार्फत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी(बक्सरं)लाई सो रकम हस्तान्तरण गरिएको छ ।
कर्मथलो अष्ट्रेलिया भएता पनि आफ्नो मात्रीभूमीलाई अप्ठेरो परेका ठूलो सहयोग गर्न नसकेपनि राहतकोरुपमा उक्त रकम सहयोग गरिएको सुदूरपश्चिम नेपाल पश्चिम अष्ट्रेलिया कमिटिका कोषाध्यक्ष रविन बिक्रम थापाले बताए ।
त्यसैगरी गएको असार २८ गते सुदूरपश्चिम सरकारलाई पनि सुदूरपश्चिम नेपाल पश्चिमा अष्ट्रेलिया कमिटीले कोरोना नियन्त्रण तथा रोकथामको लागि ५१ हजार रुपया सहयोग गरेको थियो । मात्रि भुमिलाई माया गरेर अष्ट्रेलियाबाट पठाएको रकम सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक व्यवस्था समितीका सभापति हर्क बहादुर कुवरमार्फत आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीलाई हस्तान्तरण गरिएको थियो ।
कमिटीका अध्यक्ष किशोर कुवर ,उपाध्यक्ष हुम बहादुर लामिछाने ,सचिव संगीता श्रेष्ठ , कोषाध्यक्ष रबिन विक्रम थापा, सदस्यहरु दिपेन्द्र श्रेष्ठ ,एलिजा सिंह , किशोर पन्त ,पुनम ऎर, पुष्प रिमाल, सम्झना कुवर , पुष्प बोहरा(सानु), सरिता पौडेल, कुवेर ठकुराठी, जीवन कडायत, हरि खड्का, सल्लाहकार रविन रावल लगायतले सहयोग गरेका हुन।
सहयोग रकम बुझ्दै अध्यक्ष जोशीले कोरोनाको नियन्त्रण र रोकथामकालागि ठूलो राहत हुने बताए । अध्यक्ष जोशीले सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी